होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्याम्पस प्रमुख र प्राध्यापक वीच दोहोरो हातपात
समाचार

क्याम्पस प्रमुख र प्राध्यापक वीच दोहोरो हातपात

  • नागरिक रैबार
क्याम्पस प्रमुख र प्राध्यापक वीच दोहोरो हातपात

नागरिक रैबार/बाजुरा २५ असार ।बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र प्राध्यापक भीम विष्टवीच दोहोरो हातपात भएको छ । बुधबार दिउसो क्याम्पस संचालन भईरहेका बेला क्याम्पस प्रमुख पण्डित र प्राध्यापक विष्ट वीच दोहोरो हातपात भएको क्याम्पसका प्राध्यापक एंव घटनाका प्रत्यक्षदर्शी काँशीप्रसाद जोशीले बताएका छन् ।
प्रत्यक्षदर्शी प्राध्यापक जोशीले भने क्याम्पस प्रमुखले कम्प्युटरमा चलाउँदै गरेका प्राध्यापक विष्टलाई अरुको फायल नचलाउनुस भन्दा प्राध्यापक विष्टले उल्टै किन कम्प्युटर नचलाउन पाईने ? भन्दै क्याम्पस प्रमुख पण्डित माथि हातपात गरेको बताए ।
क्याम्पसका प्राध्यापक विष्ट क्याम्पसमा लामो समयसम्म सम्पर्क विहिन भएपछि बुधबार एकाएक क्याम्पसमा छिरेर कम्युटरमा भएका सबै विद्यार्थीहरुका फायलहरु चलाईरहेकोले आफुले नचलाउन आग्रह गर्दा उल्टै आफुमाथि हातपात गरेको क्याम्पस प्रमुख पण्डितले आरोप लगाएका छन् ।
यता प्राध्यापक विष्टले बाजुरा क्याम्पसमा स्थायी नियुक्ति भएको एक वर्षसम्म मासिक तलव नदिएको विषयमा त्रिभुवन विश्व विद्यालयका विरुद्धमा सर्वोच्च अदालतमा रिट हाल्नका लागि कम्युटरमा आवश्यक तयारी गरिरहेको बेला क्याम्पस प्रमुखले कम्प्युटर कसको अनुमतिमा चलाएको, किन चलाएको ? भन्दै उल्टै आफुमाथि हातपात गरेको उनको आरोप रहेको छ ।
बाजुरामा क्याम्पस स्थापना भएको लामो समयपछि सुदूरपश्चिमाञ्चल विश्व विद्यालय अन्तरगतको आंगिक क्याम्पसका रुपमा संचालनमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार