होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा ‘चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा औपचारिक उद्घाटन भएको छ ।९० देशका ९८ पत्रकार सहभागी कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको भनाइ छ । उद्घाटन समारोहमा […]
बाजुराको बुढीगंगा नगरपालिका–३ की महिला वडा सदस्यकाे भिरबाट खसेको ढुङ्गा लागेर निधन भएको छ। मंगलबार साँझ साेही नगरपालिका-६ काे फालासैन बजारबाट घर फर्किने क्रममा गइगाड खाेला नजिकैकाे भिरबाट खसेकाे ढुंगा लागेर वडा नम्बर ३ कि ३७ वर्षिया जननिर्वाचित महिला वडा सदस्य कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको हाे ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ अनुसार बडीमालिका नगरपालिका–८ बाजुराका प्रकाश रावल जिल्ला युवा सशक्तिकरण समिति बाजुराको अध्यक्ष पदमा मनोनित भएका छन् । मन्त्रालयको २०८३ जेठ २३ गतेको निर्णयअनुसार रावललाई उक्त पदमा मनोनित गरिएको पत्रमार्फत जानकारी गराइएको हो । प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ११ […]
बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफेबगर–मार्तडी सडकखण्डअन्तर्गत गुइगाडमा निर्माणाधीन स्टिल ट्रस पुल अलपत्र पार्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय साँफेबगरले करिब १८ करोड रुपैयाँ जरिवाना तिराउने भएको छ । १५ वर्षअघि सम्झौता भएर पनि पुल निर्माण सम्पन्न नगरी सर्वसाधारणलाई सास्ती दिएको भन्दै कार्यालयले ठेक्का रद्द गर्दै जरिवाना तथा क्षतिपूर्ति बापतको रकम सरकारी खातामा दाखिला गर्न ३५ […]
बाजुराकाे बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँ यतिबेला पालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे खाेजिमा सिंहदरबार धाइरहेका छन् । विगत पाँच महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेकाे बुढीगंगामा अहिलेसम्म मन्त्रालयले कुनै व्यवस्थापन नगर्दा समस्या उत्पन्न भएकाे भन्दै मेयर बानियाँ मन्त्रालयमा धाइरहेका हुन् । मेयर बानियाँले मंगलबार मन्त्रालयमा पुगेर सामान्य प्रशासन मन्त्रीलाई पालिकामा प्रमुख प्रशासकीय अधिकृत विहिन हुँदा उत्पन्न […]
लाेक तथा देउडा गायक प्रकाश थापाकाे “ओए झुमा-पागलै छु म” लाेक देउडा गित सांङ्गितिक बजारमा आएकाे छ। कलाकार थापाका तिन बाबू छाेराकाे संयुक्त आवाजमा रहेकाे उक्त गित बुधबार सार्वजनिक गरिएको हाे। गितमा गायक थापा र उनका छाेराद्वय अनिश थापा र आशिष कुमार थापाकाे श्वर रहेकाे छ। गायक थापा र उनका दुई छाेराकाे संयुक्त आवाज सहितकाे गित “ओए […]
नेकपा एमाले बाजुराका पूर्व अध्यक्ष भरतबहादुर थापा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा मनोनित भएका छन् ।
बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले जितेको छ । प्रतियाेगितामा बडीमालिकाले २० स्वर्ण, २० रजत र ११ कास्यसहित ५१ पदक प्राप्त गर्दै उपाधि जितेकाे हो । यसवर्ष अघि बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेकाे बडीमालिकाले यस वर्षपनि उपाधि जित्न सफल भएकाे हाे । […]
बाजुराकाे खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित विष्ट समाजसेवीसमेत थिए। उनको निधनप्रति गाउँपालिका शोकमग्न बनेको छ। गाउँपालिकाले एक दिन शोक बिदा र आधा झन्डा झुकाउने निर्णय गरेको छ भने […]
बाजुरामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नारासहित मार्तडीमा प्रतियोगिता आयोजना गरिएको हो। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बडीमालिका नगरपालिकाको सह–आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका छन्। मालिका माध्यमिक विद्यालय, मार्तडीमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ८ स्थानीय तह […]
बाजुराकाे बडीमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनबारे नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ। सातामा दुई दिन (शनिबार–आइतबार) बिदा हुँदा वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको नगरपालिकाको भनाइ छ। नगर प्रमुख अमर खड्काले हालको बिदा प्रणाली, चाडपर्व र अन्य बिदाका कारण पठन–पाठन प्रभावित भएको उल्लेख गर्दै हप्तामा […]
जिल्ला खेलकुद समिति बाजुराकाे अध्यक्षमा काेपिला सिंह नियुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको हाे । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र […]
बाजुराकाे बुढीनन्दा नगरपालिकास्थित काेल्टीमा पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तहका नागरिकहरुकाे सहजताका लागि इलाका प्रशासन कार्यालय, मालपाेत कार्यालय र नापी कार्यालय आजबाट एकैसाथ स्थापना भएका छन् ।लामाे समयकाे प्रयासपछि आजबाट उक्त कार्यालयहरु स्थापना भएका हुन् । कार्यालय स्थपाना भएसंगै अव यस क्षेत्रका हिमाली स्वामीकार्तीक खापर जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका नागरिकहरुले नागरिकता बनाउन र जग्गा […]
बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनक राज गिरीले सुदूरपश्चिमको सेति लोकमार्ग निर्माणमा ध्यान दिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद गिरीले सुदूरपश्चिमको पहाडी जिल्लाको गौरवको आयोजनाका रुपमा रहेको सेति लोकमार्ग निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, यो सडक सुदूपश्चिमका पहाडी जिल्लालाई तराइसंग जोड्न […]
बाजुरामा शैक्षिक सत्र सुरु हुनअघि नै पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्। करुणा पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत […]
नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ। योसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ […]
बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक कुमार गिरीले सुरुदेखि आफ्नाे अग्रता कायमै राखेका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले नेकपा एमालेका लालबहादुर थापालाइ पछि पार्दै अग्रता कायम राखेका हुन् । गिरीले ८,६८७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार लालबहादुर थापा भन्दा गिरी ४७० मतले अगाडि रहेका छन् । त्यस्तै एमालेका थापाले […]
बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसपटकको चुनावमा कुनै झडप वा विवाद नभएर मतदान प्रकृया सम्पन्न भएकाे बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्। जिल्लामा रहेका ८७ हजार ८ सय ६१ जना मतदातामध्ये ४४ हजार ७७३ जनाले मतदान गरेका छन्। जिल्लामा निर्वाचन सम्पन्न गर्न ७७ वटा मतदानस्थल र १ सय […]
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बाजुरामा प्रत्येक्ष उम्मेदवार रहेका हेमराज थापाले मतदान गरेका छन् । उनले विहान बुढीगंगा नगरपालिका १ मा रहेकाे धुरालसैन माविकाे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले सबैलाई स्वस्थ र शान्तिपूर्ण तरिकाले मतदानमा सहभागि हुन् अनुराेध समेत गरेका छन् ।
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा विहान ७ बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मतदानलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र […]