होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिका ७ नगरपालिकाकै पहिलो साक्षर वडा घोषणा
बाजुरा बिशेष

बडीमालिका ७ नगरपालिकाकै पहिलो साक्षर वडा घोषणा

  • नागरिक रैबार
बडीमालिका ७  नगरपालिकाकै पहिलो साक्षर वडा घोषणा

नागरिक रैबार/बाजुरा २६ असार । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ ।
विहिबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् ।

 सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा वडा नं.७ को आयोजनामा उक्त वडा घोषणा गरिएको छ ।
वडामा १५ देखि ६० वर्ष उमेर समूहका जम्मा १ हजार ४ सय एघार जना रहेका छन् । जसमध्ये महिला ६ सय ९३ पुरुष ७ सय अठार गरी जम्मा ९४.३२ प्रतिशत साक्षर भएपछि वडालाई साक्षर घोषणा गरिएको हो ।


‘सम्वृद्ध नगर, खुशी नगरबासी’ नेपाल साक्षर वर्ष २०७६ लाई सफल पार्न उक्त वडा बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा घोषणा गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

विज्ञापन


वडामा ९४.३२ प्रतिशत साक्षर भएपछि वडालाई साक्षर वडा घोषणा गरिएको हो । नगरपालिकाका अन्य ८ वटा वडाहरु क्रमसः साक्षर घोषणाको तयारीमा रहेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि