होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • बडीमालिका ९ को यस आर्थिक बर्षको खर्च ३६ लाख पचास हजार
अर्थ

बडीमालिका ९ को यस आर्थिक बर्षको खर्च ३६ लाख पचास हजार

  • नागरिक रैबार
बडीमालिका ९ को यस आर्थिक बर्षको खर्च ३६ लाख पचास हजार

नागरिक रैबार/बाजुरा २५ असार ।बडीमालिका नगपालिका वडा नं ९ को कार्यलयले आर्थिक बर्ष २०७५÷०७६ मा जम्मा ३६ लाख पचास हजार रुपैया बिकास तर्फ खर्च गरेको छ ।
बस्ती स्तरबाट छनौट भएका १९ वटा योजनामा वडा कार्यलयले उक्त रकम विनियोजन गरिएको बडा अध्यक्ष विनोद कुमार विकले बताए ।


वडा कार्यलयले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पुर्ण योजनाको कार्य सम्पन्न गरि रकम समेत भुक्तानी गरिएको जानकारी गराएको छ ।
बडा भरिका जनताहरुको आम भेला आयोजना गरि जनताका गुनासा तथा सुझावहरु समेत संकलन गरिएको वडा सदस्य लालबहादुर नेपालीले बताए ।
वडा अध्यक्ष विनोद कुमार बिकको अध्यक्षतामा संचालन भएको सर्वजनिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पदम बहादुर बढुवाल रहनु भएको थियो ।
बडा कार्यलयको हलमा संचालन गरिएको कार्यक्रमा स्वागत मन्तब्य लालबहादुर नेपालीले गरेका थिए । कार्यक्रममा उपभोक्ता समिति , टोल समितिका पदाधिकारी शिक्षक, उपभोक्तहरुको सहभागीता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार