होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने
समाचार

बुढीगंगा नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने

नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ ।


नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा नगरपालिमा मदिरा निशेधित गर्नुपर्छ, मदिरालाई व्यवस्थीत गर्नुपर्छ र नगरपालिकाले आवस्यक कार्यविधि बनाएर नगरपालिकालाई नै मदिरा निशेधित क्षेत्र घोषणा गर्न प्रस्ताव राखिएको बुझिएको छ ।
नगर क्षेत्र भित्रको वातावरण शान्त र सभ्य बनाउन तेस्रो नगर सभामा बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्न लागिएको नगरप्रमुख दिपक विक्रम शाहले बताएका छन् ।


मदिरा सेवनकै कारण गाउँमा गाली बेइज्जतीका घटना वृद्धी भएको र महिला हिंसाले समेत प्रश्रय पाएकोले नगरपालिकामा कार्यविधि र कानुन निर्माण गरेर नगरपालिकालाई छिट्टै मदिरा निषेधित क्षेत्र घोषणा गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट इजाजत लिएका मदिरा व्यापारीलाई व्यवस्तीत गर्न खोजेको भएपनि व्यापारीहरुले नमानेपछि नगरपालिकाका सदस्यहरुले मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि नगरपालिकाको तेस्रो नगर सभामा माग राखेका हुन् ।

विज्ञापन


बुढीगंगा नगरपालिकाको तेस्रो नगर सभाको बजेटमा उल्लेखित बिषयहरु
१.स्वयमसेवक शिक्षक नियुक्ति ८० लाख
२. नगरवस सेवा संचालन १ करोड
३. तपाईको मेहनत हाम्रो लगानी स्वरोजगार अनुदान घुम्ति कोष
.कृषक पेन्सन कार्यक्रम
५. बुढीगंगा विकास सम्मेलन
६. नगर भवन निर्माण वहुवर्षिय योजना १ करोड ५० लाख
७. वडाको भवन निर्माण २ करोड
८. वुढीगंगा गौरवका आयोजना छनौट तथा डिपिआर निर्माण ५० लाख
९. बाजुरा प्रवेसद्धार निर्माण
१० जे सि बी टिप्पर र ट्याकटर १ करोड
११ सम्पुरक कोष २ करोड

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार