होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकाका कृषकलाई फुलफुका विरुवा वितरण
समाचार

गौमुल गाउँपालिकाका कृषकलाई फुलफुका विरुवा वितरण

  • नागरिक रैबार
गौमुल गाउँपालिकाका कृषकलाई फुलफुका विरुवा वितरण

प्रमित बि.क/ बाजुरा २९ असार । बाजुराको गौमुल गाउँपालिकामा वडा न. ६ का कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक सहयोग गौमुल गाउँपालिका कृषि शाखाको समन्वयमा उतm वडाका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा वितरण गरिएको हो ।

एक स्थानीय तह एक कागती गाउँ अभियान र कृषि ज्ञान केन्द्र बाजुरा र गौमुल गाउँपालिका कृषि शाखाको साझा अभियान अन्तरगत फलफुलका लागी पकेट क्षेत्र मानिने सटेडा, र दडीपाटाका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा वितरण गरिएको गौमुल कृषि शाखा प्रमुख रमेश बि.कले बताए ।

कृषकलाई आत्मनिर्भर बनाउन र स्थानीय स्तरमा फलफूल उत्पादन गरी आयात रोक्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले फलफूलका विरुवा वितरण सुरु गरिएको वि.कले बताए । तेस्तै सटेडामा कागती खेती र दडिपाटामा सुन्तला बगैँचाको स्थापना गरिएको छ ।

विज्ञापन

कृषकहरूको नगदेबालीका रूपमा फलफूल खेतीतर्फ आर्कषण बढ्दै गएको छ । फलफुका विरुवा तितरण गरेपछि किसानहरु खुसी भएका छन् । कृषकहरुको मागको आधारमा हाललाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार