होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रथम बाजुरा महोत्सवको आयव्यय सार्वजनिक ( हेर्नुहोस विवरण सहित)
समाचार

प्रथम बाजुरा महोत्सवको आयव्यय सार्वजनिक ( हेर्नुहोस विवरण सहित)

  • नागरिक रैबार
प्रथम बाजुरा महोत्सवको आयव्यय सार्वजनिक ( हेर्नुहोस विवरण सहित)

नागरिक रैबार बाजुरा १ साउन ।  प्रथम बाजुरा महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघले गत जेठ ३ देखि ९ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा संचालन गरेको प्रथम बाजुरा महोत्सवको आयव्यय बारे पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो ।

कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ भन्ने मूल नाराका साथ गएको जेठ ३ गते देखि ९ गते सम्म संचालन गरिएको महोत्सवको झण्डै २ महिनापछि महोत्सव मुल आयोजक समिति बाजुरा उद्योग बाणिज्य संघले बुधबार आयव्यय सार्वजनिक गरेको हो । बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको आयव्यय विवरण अनुसार प्रथम बाजुरा महोत्सवमा झण्डै ४१ लाख ७७ हजार ६ सय ६६ खर्च भएको र आम्दानी ४३ लाख ४४ हजार ४ सय ६ भएको र जसमध्ये अनुमानित १ लाख ६६ हजार ७ सय ३९ मौज्दात रहेको बाजुरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोरख बहादुर बोहराले जानकारी दिएका छन् ।

विज्ञापन

महोत्सवको कुल आम्दानी मध्ये जगन्नाथ गाउँपालिकाबाट १ लाख ५० हजार र बुढीगंगा नगरपालिकाबाट ४ लाख ५० हजार रकम उठ्न बाँकी रहेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । स्टल निर्माण, मंच व्यवस्थापन, अतिथि सम्मान, कलाकार खर्च, पत्रपत्रिका, रेडियो तथा अन्य प्रचारप्रसार, होटल, टिकट, विद्युत, जेनेरेटर, स्टेशनरी, बाजागाजा–वाद्यवादन, फूलमाला, साउण्टसिष्टम, महोत्सव फिल्ड व्यवस्थापन लगायतकामा माथि उल्लेखित रकम खर्च भएको आयोजकले आयव्ययको प्रतिबेदनमा उल्लेख गरेको छ ।

महोत्सवमा स्थानीय स्तरका कला संस्कृति, कलाकारहरु लोकदोहोरी प्रतियोगिता, महिला र पुरुष देउडा, अनन्ते, गौरा, भुवो लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुका प्रस्तुति, हास्य व्यांग्ङ्य र बालबालिका मनोरञ्जन महोत्सव स्थलभित्र सस्तो बजार प्रथम बाजुरा महोत्सव मुख्य आर्कषणका रुपमा राखिएका थिए ।

विशेषगरी प्रथम बाजुरा महोत्सवले बाजुराको कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापारले , समृद्ध बाजुराका लागि विकासको आधार तय भएकोे बाजुरा उद्योग वाणिज्य संघले दावी गरेको छ । महोत्सवलाई सातादिनसम्म संचालन गर्नका लागि प्रतिकुल मौसमले समस्या पारेकोले आयोजकको अपेक्षा अनुसार आम्दानी गर्न नसकिएको बाजुरा उद्योग बाणिज्य संघले जनाएको छ ।

तल विवरण हेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार