होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अप्डेटः जगन्नाथ गाउँपालिकामा जीप दुर्घटना (विवरण सहित)
समाचार

अप्डेटः जगन्नाथ गाउँपालिकामा जीप दुर्घटना (विवरण सहित)

  • नागरिक रैबार
अप्डेटः जगन्नाथ गाउँपालिकामा जीप दुर्घटना (विवरण सहित)

नागरिक रैबार/बाजुरा ३ साउन । जगन्नाथ गाउँपालिका–५ स्थित कर्णाली करिडोर सडक अन्तरगत भुवाखोलामा शुक्रबार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित दुई जनाको मृत्युु भएको छ ।
जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरंको जीप दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


दुर्घटनामा परि कैलालीको टिकापुर घर भएका जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।
लगातारको आकासे पानीले सडकको सतह चिप्लो र उकालो भएकाले उकालोमा जीप चढ्न नसकी चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीपमा १५ जना सवार रहेको र जीप ५० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईतेहरुलाई हेलिकप्टर मार्फत नेपालगंज लैजाने तयारी भईरहेको प्रहरीले बताएको छ ।


लगातारको वर्षाका कारण जिल्लाका अधिकाँस ग्रामिण बन्द अवस्थामा छन् भने वर्षाकै कारण हिलाम्मे भएका सडकहरुमा व्यवसायीहरुले जीप सेवा संचालन गरेरे जोखिमपूर्ण यात्रा गराउँदै आईरहेका छन् ।
घटनाको विस्तृत विवरण:

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार