होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १ साउन । प्रथम बाजुरा महोत्सव २०७६ को आयव्यय सार्वजनिक गरिएको छ । बाजुरा उद्योग बाणिज्य संघले गत जेठ ३ देखि ९ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा संचालन गरेको प्रथम बाजुरा महोत्सवको आयव्यय बारे पत्रकार सम्मेलन मार्फत बुधबार सार्वजनिक गरेको हो । कृषि जडिबुटी, उद्योग, पर्यटन र व्यापार, समृद्ध बाजुराका लागि विकासको आधार’ […]
नागरिक रैबार/ बाजुरा १ साउन । हप्ता दिन देखिको अविरल वर्षाका कारण सदरमुकाम मार्तडी बजार हिलाम्मे भएर स्थाथीयलाई हिँडडुल गर्न निकै समस्या भएपछि नगरबासीहरुले सामाजिक संजालदेखि देखि चिया पसल सम्म सडककै हिलोको बारेमा चियो चर्चा गर्ने गरेका थिए । सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेका गौडा डिलदेखि प्रशासन सम्मको सडक र डिभिजन वन कार्यालय देखि जिल्ला […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय बेलधन बुढा रहेका छन् । मगलबार विहान घर नजिकै रहेको वनमा घाँस काट्न गएका वेला उनकाे भिरबाट चिप्लिएर लडेपछि मृत्यु भएको हो । मगलबार गाइवस्तुका लागि घाँस काट्न गएका मृतक बुढा समयमै घर […]
नागरिक रैबार/बाजुरा १ साउन। पहिरो रोकथाम गर्नका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ को सिमानेपानीमा रहेको २ हेक्टर बन क्षेत्रमा बृक्षारोपण गरिएको हो । उक्त क्षेत्रमा निरन्तर पहिरो बग्दै गएपछि पहिरो रोकथाम र हरियाली बातावरण बनाउन २ हजार ६ विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको सिमानेपानी वृक्षारोपण संरक्षण […]
नागरिक रैबार/बाजुरा १ असार । बाजुराको बुढीगंगा नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिने भएको छ । । मंगलबार बसेको तेस्रो नगर सभाको बैठकले नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेको छ । नगरका ५२ जना सदस्यहरुले एकसाथ नगरपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गर्नका लागि प्रस्ताव पेश गरेका छन् । उनीहरुले राखेको प्रस्तावमा […]
राजेन्द्र रोकाया/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिका ९ मा जन्मेका नव गायक शिशिर परियारले पहिलो आधुनिक गीत बजारमा ल्याएका छन् । नव गायक परियारको स्वरमा सम्झीनु भन्दिन बोलको आधुनिक गीत आईतबार बुढासुव्वा डिजिटल प्रालिको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । वि.स.२०७३ सालमा सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट एसईईको परिक्षा दिएर उच्च शिक्षा […]
मदन विक/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिकालाई नगर साक्षर घोषणा गरिएको छ । नगरपालिकाले कुल जनसङ्ख्याको ९५ प्रतिशत नागरिक साक्षर बनाएपछि सोमबार एक कार्यक्रमका वीच संविधान सभा सदस्य महा नेपालीले नगरपालिकालाई नगर साक्षर घोषणा गरेका हुन् । नगरपालिकामा रहेका ९ वटै वडा भित्रको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्या ९ हजार ६ […]
नागरिक रैबार/बाजुरा ३० असार। प्रहरीले ६ वर्षिया बालिका बलत्कार गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ । ६ वर्षिया बालिकालाई बडीमालिका नरपालिका वडा नं चौराटा बस्ने बर्ष १९ को बिक्रम बिष्टले जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा […]
प्रमित बि.क/ बाजुरा २९ असार । बाजुराको गौमुल गाउँपालिकामा वडा न. ६ का कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक सहयोग गौमुल गाउँपालिका कृषि शाखाको समन्वयमा उतm वडाका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा वितरण गरिएको हो । एक स्थानीय तह एक कागती गाउँ अभियान र कृषि ज्ञान केन्द्र बाजुरा र गौमुल […]
नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ । विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् । बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी […]
दयाराम पण्डित, बाजुरा । त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बुढगंगा नदी थुनिदै आएको छ । बुधबार साँझवाट निरन्तर वर्षे झरी संगै पहाड खस्ने क्रम जारी छ । बुढिगंगा नदी थुनिदा नदी किनार आसपासका जनता त्रसित छन् । पहिरो खस्ने र नदी थुनीने क्रमम बढ्न थालेपछि सांफे–मार्तडी […]
नागरिक रैबार/बाजुरा २६ असार । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ । विहिबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् । सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा […]
नागरिक रैबार/बाजुरा २५ असार ।बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र प्राध्यापक भीम विष्टवीच दोहोरो हातपात भएको छ । बुधबार दिउसो क्याम्पस संचालन भईरहेका बेला क्याम्पस प्रमुख पण्डित र प्राध्यापक विष्ट वीच दोहोरो हातपात भएको क्याम्पसका प्राध्यापक एंव घटनाका प्रत्यक्षदर्शी काँशीप्रसाद जोशीले बताएका छन् । प्रत्यक्षदर्शी प्राध्यापक जोशीले भने क्याम्पस प्रमुखले कम्प्युटरमा चलाउँदै गरेका […]
नागरिक रैबार/बाजुरा २५ असार ।बडीमालिका नगपालिका वडा नं ९ को कार्यलयले आर्थिक बर्ष २०७५÷०७६ मा जम्मा ३६ लाख पचास हजार रुपैया बिकास तर्फ खर्च गरेको छ । बस्ती स्तरबाट छनौट भएका १९ वटा योजनामा वडा कार्यलयले उक्त रकम विनियोजन गरिएको बडा अध्यक्ष विनोद कुमार विकले बताए । वडा कार्यलयले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि […]
नागरिक रैबार/बाजुरा २५ असार । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले नगरबासी जनताको सोच मात्र बदल्ने हो भने सम्मृद्ध नगरपालिका बनाउन सहज हुने बताएका छन् । नगरबासीलाई खुसी र सुखी बनाउने अभियानमा आफू अनवरत रुपमा लागि रहेको बताउदै उनले जनताको सोच परिवर्तन नभए सम्म सम्भव नहुने बताएका छन् । उनले भने “हामी नगर बदल्ने अभियानमा […]
नागरिक रैबार/बाजुरा २५ असार । नेपाल प्रहरीको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका विभिन्न तालिम केन्द्रका उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको छ । […]
नागरिक रैबार/बाजुरा २४ असार। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटामा अवस्थित मष्टेश्वरी आधारभुत विद्यालयमा निर्माण भईरहेको खेलमैदानको एक टोलीले अनुगमन गरेको छ । प्रदेश सांसद विकास कोषकोे ८ लाखको लागतमा निर्माण भईरहेको उक्त खेलमैदानको मगलबार जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई, शिक्षा […]
नागरिक रैबार/बाजुरा २४ असार । प्रहरीले बाजुराको जगन्नाथ गाउँपालिकाको जुड्डीबाट विप्लव समूहका एक जना कार्यक्रता पक्राउ गरको छ्. । मंगलबार प्रहरी नायक निरिक्षक शेरबहादुर कँुवर सहितको प्रहरीको एलआरपी टोलीले जगन्नाथ गाउँपालिकाको वडा नं. २ जुड्डिबाट विप्लव समूहको गतिविधि बारे प्रचार–प्रसार गर्दै हिडिँरहेको अवस्थामा कालिकोट जिल्लाका विप्लव समूहका जिल्ला कमिटी सदस्य अनुरुप सुनारलाई पक्राउ गरिएको जिल्ला […]
नागरिक रैबार/बाजुरा २३ असार । बडीमालिका नगरपालिका वडा नं. ७ का ३ सय ४१ परिवारलाई निशुल्क कागतीका विरुवाहरु वितरण गरिएको छ । बडीमालिका नगरपालिका कृषि शाखाको सहयोगमा उक्त वडाका कृषकहरुलाई कागतिका विरुवा वितरण गरिएको हो । कागती उत्पादनको पकेट क्षेत्र मानिदै आएको बडीमालिका नगरपालिका वडा नं. ७ को रजातोलि, सुनकाना, सिराडी माउलेख र जिल्ली गाउँका […]
नागरिक रैबार/बाजुरा २३ असार। ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो […]