होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा कवर्डहल सहितको खेल मैदान बन्दै
समाचार

स्वामीकार्तिकमा कवर्डहल सहितको खेल मैदान बन्दै

  • नागरिक रैबार
स्वामीकार्तिकमा कवर्डहल सहितको खेल मैदान बन्दै
प्रतिनिधि तस्विर

अनिल शाही/बाजुरा ११ साउन। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले कवर्डहल सहितको खेल मैदान निर्माण गर्ने भएको छ ।  गाउँपालिकाले   वडा नं १ काम्तीमा कवर्डहल सहितको खेलमैदान निमार्ण गर्ने भएको छ । नेपाल सरकारको निती अनुसार एक गाउँपालिका एक खेलकुद मैदान निमार्ण कार्यक्रम अन्र्तगत सम्भाब्यता अध्ययन गरी काम्तीमा खेलकुद मैदान निमार्ण गर्ने निर्णय गरेको हो ।

भौगोलिक अवस्थाको अध्ययन पश्चात उपयुक्त हुने ठहर गरी काम्तीमा यसै आर्थिक बर्षमा निमार्ण कार्य शुरु गर्ने गरी तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमरेबहादुर शाहीलाई उधृत गर्दै पत्रकार अनिल शाहीले जानकारी दिनुभएको छ ।

काम्तीवासीले कवर्ड हल सहितको खेलकुद मैदान निमार्णका लागि आवश्यक पर्ने १५० मि लम्वाई ६० मिटर चौडाइको जग्गा निशुल्क उपलब्ध गराउने भएका छन ।

विज्ञापन

वडा नं १ का लालविर रावल, नन्दबहादुर रावल, सार्के रावल, धनवहादुर रावल, दिर्ग रावल, विरमान रावल, पाण्डव रावल, धन रावल, देवप्रसाद खत्री, दन्त रावल, हर्सिगे रोकाया ले जग्गा निशुल्क दिने भएका हुन ।

गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीको नेतृत्वमा गएको टोलीले समे सोही ठाउँ उपयूक्त भएको र जनताले खेलकुदका लागि जग्गा निशुल्क उपलब्धगराउने निर्णय गर्दा अफुखुसीभएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार