होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अप्डेटः जीप दुर्घटनामा घाईते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार
समाज

अप्डेटः जीप दुर्घटनामा घाईते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार

  • नागरिक रैबार
अप्डेटः जीप दुर्घटनामा घाईते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार

नागरिक रैबार/बाजुरा ३ साउन। बाजुराको जगन्नाथ गाउँपालिकामा शुक्रवार विहान यात्रु बाहक जिप दुर्घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
शुक्रबार जीप दुर्घटनामा परि घाईते भएकाहरुलाई जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही, जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने र जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धवसिंह भाटको पहलमा र संघिय सरकारको सहयोगमा घाईते १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
कर्णाली करिडोर अन्र्तगत बाजुराको पिलुचौर देखि जितेगडाका लागि छुटेको क १ ज २१ नम्वरको जिप जगन्नाथ गाउँपालिकाको झप्रला नजिकै दुर्घटना हुँदा कैलाली टिकापुरका २६ बर्षिय चालक रमेश बहादुर बोगटी र मुगुको खत्याड गाउँपालिका वडा नं ६ का ३० बर्षिय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएका थियो ।
दुर्घटनामा १२ जना घाइते भएका छन् घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको र अन्य ५ जना सामान्य अवस्थामा रहेको बताईको छ ।
घाइते हुनेमा मुगुको खत्याड गाँउपालिका ६ का २८ बर्षीय उपजन शाही, १७ बर्षीय राजेन्द्र शाही, १८ बर्षीय महेन्द्र शाही, ४५ बर्षीय मनकृष्ण उपाध्याय, १७ बर्षीय टेक रावल, १६ बर्षीय रमेश बहादुर शाही, १७ बर्षीय तिलकराज उपाध्याय रहेको छन्। यस्तै स्वामीकार्तिक १ बस्ने १५ बर्षीय जगत रावल, सोही गाँउपालिका ४ बस्ने ५५ बर्षीय लालबिर चदारा पनि घाईते भउका छन्। जगन्नाथ गाँउपालिका ५ का १९ बर्षीय टंक्क कामी, वडा नम्वर २ का २७ बर्षकी जना विक र ५ नम्बर वडाकी ५ बर्षीय महेश्वरी कामी पनि घाईते भएका छन्। जीप करिव ५० मिटर तल खसेको बुझिएको छ । जीपको क्षमता ६ जनाको भएपनि जिपमा १५ जना यात्रु सवार रहेका थिए । जीप सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ ।

तल हेर्नुहोस जीप दुर्घटनामा परेकाहरुको नामावलि

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार