होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाैमुलमा आमा–छोरीको ज्यान लिने गरि यसरी गयो पहिरो (फोटोफिचर)
समाचार

गाैमुलमा आमा–छोरीको ज्यान लिने गरि यसरी गयो पहिरो (फोटोफिचर)

  • नागरिक रैबार
गाैमुलमा आमा–छोरीको ज्यान लिने गरि यसरी गयो पहिरो (फोटोफिचर)

प्रमित वि.क./बाजुरा १७ साउन। बाजुराको गौमुल गाउँपालिका वडा नंं. ६ शान्ति टोल शोकमा डुवेको छ । विहिवार राति परेको अविरल वर्षाका कारण शान्ति टोल माथिबाट आएको पहिरोमा पुरिएर २६ वर्षिया निरुता चंदारा र उनकी छोरी ६ वर्षिया नावालिका किस्मिता चंदाराको मृत्यु भएको छ ।


विहिबार राति करिव २ वजेको समयमा आमा छोरी घरमा सुतिरहेको बेला एक्कासी घरमाथिबाट आएको पहिरोले आमाछोरी दुवैको ज्यान गयो । निरुता चंदारका श्रीमान भिम चंदारा रोजगारको शिलसिलामा भारतमा छन् ।

विज्ञापन


पहिरोमै परेर १०५ बर्षिय जंग चंदारा गम्भिर घाईते भएका छन् । त्यस्तै सोही परिवारका सुके चदाँराकी श्रीमती जडेनी चदाँरा, छोरी १२ बर्षिया अस्मिता चदाँरा, छोरा १० बर्षिया विकाश चदाँरा, सामान्य घाईते भएका छन् ।

मृतकको पोष्टमाटम् गौमुलमा
विहिबार राति पहिरोमा परेर मृत्यु भएकी आमा छोरी दुवैको पोष्टमार्टम गौमुल गाउँपालिकाको शहरी स्वास्थ्य केन्द्रमै हुने भएको छ । घटनास्थलबाट जिल्ला अस्पताल करिव ६ घन्टाको पैदल दुरीमा पर्दछ । मृतकहरुको पोष्टमाटम गर्नका लागि जिल्ला अस्पतालमा ल्याउन नसकिने भएपछि गौमुलमै पोष्टमाटम गर्नका लागि जिल्ला अस्पतालबाट डाक्टर टिका राईको नेतृत्वमा स्वास्थ्यर्कीहरुको टोली गौमुलमा गएको छ ।
गम्भिर घाईतेको उपचार मार्तडीमा


पहिरोमा परेर शक्त घाईते भएका १०५ वर्षिय जंग चंदाराको उपचार जिल्ला अस्पताल मार्तडीमा भईरहेको छ । पहिरोमा परेर चंदाराको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ ।
पहिरो पिडितलाई राहतः


विहिबार राति घर माथिबाट खसेको पहिरोमा परेर विस्थापित बनेका परिवारलाई गौमुल गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले राहत स्वरुप त्रिपाल, भाडाकुडा र खाद्यन्न सामाग्री उपलव्ध गराएको छ ।
शान्तिटोल बस्ती पुरै पहिरोको उच्च जोखिम्मा

 गौमुल गाउँपािलकाको वडा नं. ६ शान्तिटोल अहिले पहिरोको उच्च जोखिम्मा परेको छ । वर्षातको समयमा निरन्तर अविरल वर्षा हुन थालेपछि टोलका स्थानीयहरुलाई रात विताउन समस्या हुन थालेको छ । घरमाथिबाट भिरालो जमिन भएकै प्रत्येक वर्ष वर्षातको सयमा टोलका सवै घरहरु उच्च जोखिम्मा पर्दै आएका छन् ।
सरोकारवाला निकायको व्यवास्ता:
प्रत्येक वर्षको वर्षातको समयमा बस्ती जोखिम्मा पर्दै आएपछि बस्तीका स्थानीयहरुले गाउँपालिकालाई बस्ती स्थानान्तरण गरिदिन आग्रह गरेको भएपनि गाउँपालिकाले कुनै चासो नदेखाएको स्थानीयबासीले गुनासो गरेका छन् ।
गौमुल गाउँपालिकाको पहलः


गौमुल गाउँपालिकाले उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि विभिन्न पहल गरेको भएपनि अहिले सम्म सुरक्षित स्थान नभेटाएकोले वस्तीलाई सार्न ढिलाई भईरहेको बताउँदै आएको छ ।     

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार