होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • ५ सय ६५ लिटर अवैध घरेलु मदिरा नष्ट
समाचार

५ सय ६५ लिटर अवैध घरेलु मदिरा नष्ट

  • नागरिक रैबार
५ सय ६५ लिटर अवैध घरेलु मदिरा नष्ट

रामबहादुर विक/बाजुरा ४ साउन।  जिल्ला प्रहरी कार्यालय बाजुराले ५ सय ६५ अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले बडीमालिका नगरपालिका वडा नं ९ फडिल्ला गाउँमा रहेका घर तथा गोठहरुमा चेकजाँच गर्दा अवैध घरेलु मदिरा सहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामत गरि सोही स्थानमै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अवैध भरूवा बन्दुक बरामद

विज्ञापन

शनिबार बडीमालिका नगरपालिका ९ फडिल्लामा खटि गएको प्रहरीको गस्तीले फडिल्ला जंगलमा लुकाई छिपाई राखेको अवस्थामा बेवारिसे १ नाले अवैध भरूवा बन्दुक नाल १ फेला पारेको छ ।

प्रहरीले उक्त बन्दुक सोही ठाउँका स्थानीयहरुको रोहवरमा रितपूर्वकको मुचुल्का खडा गरी उक्त भरूवा बन्दुक जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार