होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४१ औँ पुष्पलाल स्मृति दिवसमा बाजुरा क्याम्पसमा वृक्षारोपण
समाचार

४१ औँ पुष्पलाल स्मृति दिवसमा बाजुरा क्याम्पसमा वृक्षारोपण

  • नागरिक रैबार
४१ औँ पुष्पलाल स्मृति दिवसमा बाजुरा क्याम्पसमा वृक्षारोपण

नागरिक रैबार/बाजुरा ७ साउन ।    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ ।
पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराले बाजुरा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो ।
दिवसको अवसर पारी वृक्षारोपण कार्यक्रममा पुर्व सविधान सभा सदस्य माननिय बसुन्धारा रोकायाले बाजुरा क्याम्पसको प्राङ्गणमा विरुवा रोपेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपाका नेता भरत थापा, जनक बोहरा, अमर खड्का, काँसी बि.क, पुर रावत, गोरख सार्की, सुरेश विक बाजुरा क्याम्पस स्ववियु सभापति चेतन अयडी लगायतले विरुवाहरु रोपेका थिए ।

बाजुरा क्याम्पस परिसरमा एकसय वटा विभिन्न जातका विरुवाहरु रोपिएका थिए । क्याम्पस परिसरको वातावरण हरियाली र स्वच्छ बनाउन बाजुरा क्याम्पसमा दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम गरिएको नेकपा बाजुराले बताएको छ ।
डिभिजन वन कार्यालय बाजुराको सहयोगमा विरुवाहरु नेकपा बाजुराले बाजुरा क्याम्पस परिसरमा रोपेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार