होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • राष्ट्रिय साधना म्युजिक अवार्ड राजेशको हातमा
मनोरञ्जन

राष्ट्रिय साधना म्युजिक अवार्ड राजेशको हातमा

  • नागरिक रैबार
राष्ट्रिय साधना म्युजिक अवार्ड राजेशको हातमा

राम बहादुर बि.क/श्रावण ७ बाजुरा । राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधामा अवार्ड राजेश कुमारले हात पारेका छन् ।
बाजुराकोे बडीमालिका नगरपालिका वडा ७ मा बुवा गोरख विक र आमा रंगी विकको कोख बाट जन्मिएका राजेश कुमारले राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधाबाट यस बर्षको सर्बोकृष्टको नव सम्पादकको अवार्ड हात पार्न सफल भएका हुन् ।
सोमबार राष्ट्रिय सभा गृह कांठमाण्डौमा संचालन भएको अवार्डमा पाँच जना प्रतिष्पर्दी हरुलाई पछाडी पार्दै साधना म्युजिक अवार्ड २०७६ मा नव भिडियो सम्पादक विधा बाट प्रथम भएका हुन् । राजेशले लोकदोहरी गीत रुदै–रुदै बसे बोलको गीतको सम्पादनबाट उक्त अवार्ड जितेका हुन् ।
नेपाली साँगितिक क्षेत्रमा म्युजिक भिडियो सम्पादक कुमारले सिंगो आफ्नो नाम मात्र चिनाउन सफल नभई सिंगो बाजुरा जिल्लाको नाम चिनाउन सफल हुनु भएका छन् ।
विगत ३ बर्ष अगाडी देखीनै कांठमान्डौ बस्तै आउनु भएको छ । उनले करिव चार सय भन्दा बढी भिडियो हरु सम्पादन गरिसकेका छन् ।साथै विकले यस अगाडी पनी एक अवार्ड जितिसकेका छन् ।
अवार्डका विजेताले थाइल्यान्ड लगाएतका देशहरुमा भम्रण गर्ने भएका छन् । राष्ट्रिय सभा गृहमा सम्पन भएको कार्यक्रममा नेकपाकी पुर्व मन्त्री पम्फा भुसालले कुमारलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बर्दी पंगेनी फिलिम क्षेत्रका कलाकार लगाएत पाँच हजार भन्दा बढि कलाकारहरुको उपस्थिति रहेको तपेश जोनले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार