होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • निजि बैंकका चेक कोल्टी शाखामै साटिन थालेपछि स्थानीय हर्सित
देश/प्रदेश

निजि बैंकका चेक कोल्टी शाखामै साटिन थालेपछि स्थानीय हर्सित

  • नागरिक रैबार
निजि बैंकका चेक कोल्टी शाखामै साटिन थालेपछि स्थानीय हर्सित

अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो ।
सर्वसाधारणले खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै बैंकले आधुनिक प्रविधिको मेसिन ल्याएर सेवा सुचारु गरेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखाका प्रबन्धक कमलसिहं ऐरले बताएका छन् ।
बाजुरा, हुम्ला , कालिकोट र मुगुका स्थानिय तहका जनतालाई समेत सेवादिदै आएको यस बैंकले ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग सेवा सुचारु गर्दा स्थानिय सेवाग्राहि खुसी भएका छन । विगतका दिनहरु अन्य बैंकका चेक साट्नका लागिमात्र सुविधा सम्पन्न बैंकमा जानुपरेको र खर्च बढीहुदा आफुहरुलाई समस्या भएको थियो अब कोल्टी शाखा बाटै सेवा पाउने भयौं स्वामीकार्तिक गाउँपालिका ३ जुकोटका रोसन शाहील बताएका छन् ।
२०७३ कार्तिक ४ गते पुन स्थापना गरी बैंकीङ्ग सेवा सुचारु गरेको राष्ट्रिय बाणिज्य बैंकले स्थापनाको छोटा समयमै मुनाफा गर्न समेत सफल भएको छ । दैनिक डेढ करोड कारोबार गर्दै आएको यस बैंकले आर्थिक वर्ष २०७५÷७६ मा २३ करोड निश्क्षेप संकलन गरी सर्वसाधारणलाई ७ करोड कर्जा प्रबाहा गरेको छ ।
प्रत्येक स्थानिय तहमा बैंक स्थापना गर्ने सरकारको निती रहेपनि बाजुराका स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाँपालिकामा हाल सम्म बैंक स्थापना नहुदा सम्पुर्ण बैंकीङ्ग कारोवारो राष्ट्रिय बाणिज्य बैंक कोल्टी बाटै भएको स्वामीकार्तिक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कुमेर शाहीले बताउनु भयो । अन्य बैंक भन्दा राष्ट्रिय बाणिज्य बैंककोल्टीले सहज र गुणस्तरीय सेवा प्रबाह गरेको भन्दै स्थानियले प्रसंशा गरेका छन् । सदरमुकाम मार्त्डिमा रहेको राष्ट्रिय बाणिज्य बैंकले समेत ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन समेत जडानगरी सेवा सुचारु गरीसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि