होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खलिया समाज बाजुराद्धारा पुनःस्थापनाको माग
समाचार

खलिया समाज बाजुराद्धारा पुनःस्थापनाको माग

  • नागरिक रैबार
खलिया समाज बाजुराद्धारा पुनःस्थापनाको माग

राम बहादुर बि.क/साउन ९ बाजुरा। जिल्ला खलिया समाज बाजुराले विभिन्न ६ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने मार्फत प्रधामन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

दशकौं देखि खलो माग्दै गुजारा चलाइए रहेका खलियाहरुको समस्या जस्ताको तस्तै भएकाले खलियालाई पनि अन्य सो सरहका अधिकार संविधानमा उल्लेख गर्र्नुपर्ने माग सहित पुनःस्थापनाका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधामन्त्री ओलीलाई बुधबार ज्ञापन पत्र बुझाएको खलिया समाज बाजुराका अध्यक्ष प्रतापे आउजीले जानकारी दिए ।

आउजीका अनुसार सरकारले मुक्त हलियालाई पुनःस्थापना गरे जस्तै गरी खलियालाई पनि परिचय पत्र दिनुपर्ने र हलियाले पुनस्थापना भए अनुसार आफुहरुलाई समेत पुनस्थापना गर्नुपर्ने खलिया समाजले विगत दखी नै आवाज बुलन्ध गर्दै आएको अध्यक्ष आउजीले बताए ।

विज्ञापन

ज्ञापन पत्रमा वर्षनी साहुले दएको अन्नबाट जीवीको पार्जन गर्दै आएका खलियाहरु छोराछोरीलाई पालन पोषण गर्न सहज नहुने गरेकोले सरकारले खलियाका बारेमा कुनै चासो नदेखाएको उल्लेख गरिएको छ ।

बुधबार बुझाएको पत्रमा आधा हिस्सा ओगटेको दलित बस्तीका दमाई, ल्वार, कडारा, सार्की, सुनुवार, वादी, चदारा, कामी, सेराला लगायतका जातिलाई खलिया परिचय–पत्र दिइ पुनःस्थापना गर्न माग गरिएको पत्रमा भनिएको छ ।

बुधबार बुझाएको खलिया समुदायको संवैधानिक हक अधिकार र मानव अधिकारको संरक्षण तथा सम्वद्र्धन हुनुपर्ने,हलिया सो सरह खलियालाई पनि सरकारले परिचय पत्र,गास बास र कपासको ग्यारेन्टी गर्नुपर्ने जस्ता माग ज्ञापन पत्रमा उल्लेख छन् ।

यस्तै पत्रमा खलिया डोली तथा अन्यायपूर्ण जातिय छुवाछुतको अन्त्य गराई विकासको मुल प्रवाहमा खलिया समुदायको सक्रिय सहभागिता गराउनुपर्ने र खलियाको जीवीकोपार्जनका लागि आय–आर्जनका कार्यक्रम ल्याउनुपर्ने माग राखिएका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले ज्ञापन पत्र प्रधामन्त्री कार्यालयमा पठाई दिने प्रतिवद्धता जनाएका छन् । उनले प्रधामन्त्रीलाई नै बुझाउने पत्र भएकाले यस बारेमा आफुले केही भन्न नमिल्ने बताए ।

जिल्लामा रहेका दलित समुदायका मान्छेहरु हलिया र खलिया प्रथाबाट नै जीवीकोपार्जन गर्दै आइरहेका छन् । हलियाहरुलाई प्रमाणीकरण गरी पुनःस्थापना गरेको भएपनि जिल्लामा रहेका खलियाहरुलाई भने सरकारले कुनै चासो नदेखाएको दलित अधिकार कर्मी गोरख सार्कीले बताएका छन् ।

उनले हलिया मुक्तिका लागि गरिएको आन्दोलन जस्तै खलियालाई पुनःस्थापना र प्रमाणीकरण गर्नका लागि दलित वर्ग आन्दोलन गर्न समेत तयार रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार