होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु
समाचार

सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु

  • नागरिक रैबार
सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु

नागरिक रैबार/बाजुरा ११ साउन। शुक्रबार राति परेको भारी वर्षाका कारण साँफे–मार्तडी सडक खण्ड अन्तरगत पानी नाउला नजिकैको सडकमा खसेको पहिरो प्रहरीले हटाएपछि अवरुद्ध सडक सूचारु भएको छ ।
शनिबार विहान सदरमुकाम मार्तडी सम्म आउने यातायातका साधानहरु र सर्वसाधारणहरु पहिरोका कारण सडकमै अलपत्र परेपछि पहिरोलाई प्रहरीले हटाएर अवरुद्ध सडक सूचारु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटको नेतृत्वमा १२ जना प्रहरीको टोलीले पहिरोलाई हटाएपछि अवरुद्ध सडक सूचारु भएको हो ।
वर्षातको समयमा निरन्तर परेको बर्षाका कारण र सडक माथिबाट पहिरो आएपछि सदरमुकाम मार्तडीसम्म यातायात आसिंक रुपमा संचालन भएपछि सदरमुकाम मार्तडीबाट जिल्ला बाहिर जाने र आउने यात्रुहरुलाई समस्या हुँदै आएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार