होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अतिरिक्त सिकाइ कक्षाले बालवालिकाको पढाई प्रभावकारी बन्दै
समाचार

अतिरिक्त सिकाइ कक्षाले बालवालिकाको पढाई प्रभावकारी बन्दै

  • नागरिक रैबार
अतिरिक्त सिकाइ कक्षाले बालवालिकाको पढाई प्रभावकारी बन्दै

राजेन्द्र वि.क./बाजुरा ११ साउन. समुदायमा अतिरिक्त सिकाई कक्षा संचालन भएपछि बालवालिकाको पढाई प्रभावकारी बन्दै गएको छ ।
युनिसेफ बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा बाजुराका स्थानीय तहहरुसंगको समन्वय र सेतोगुराँस बालबिकास सेवा बाजुराद्वारा संन्चालित समता र समाबेशी शिक्षा कार्यक्रम संचालन पश्चात समुदायका बालवालिकाहरुमा पढाई प्रति परिवर्तन आएको हो ।
समता र समाबेशी शिक्षा कार्यक्रमले जिल्लाको बडीमालिका नगरपालिका , खप्तड छेडेदह र हिमाली गाउँपालिका भित्रका बिद्यालयमा प्रारम्भिक कक्षामा अध्यनरत ( प्रारम्भिक बालबिकास देखी कक्षा ३ सम्मका बालबालिकाहरुको शैक्षिक गुणस्तर अभिबृद्धी गर्नका लागि का लागी बर्षे बिदाको समयमा अतिरिक्त सिकाइ कक्षा संन्चालन गरिरहेको छ ।

बिद्यालय बिदा भएको बेला बालबालिका हरु मौसमी बसाइ सराइ र अन्य घरायसी काममा सलग्न हुने र सिकाइ क्रियाकलाप मा सहभागी नहुने र बिद्यालय मा सिकेको कुरा बिर्सिने हुंदा समुदायमै गएर सेतोगुराँस बालबिकास सेवा बाजुरा का सिकाइ उत्प्रेरकहरुले अतिरिक्त सिकाइ कक्षा संन्चालन गरिरहेको सेतो गुराँसबालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले बताएका छन् ।

अतिरिक्त सिकाइ कक्षामा बालबालिकाहरुले स्थानीय सिकाइ सामग्री को प्रयोग गरि मनोरञ्जनात्मक ढंगले खेल्दै सिक्दै को वातावरण मा जोड घटाउ गुणन भाग तथा शब्द बाक्य अनुच्छेद र पठनबोधका बारेमा उत्सुकतापुर्बक सिकिरहेको सिकाइ उत्प्रेरक कमल नाथ योगिले जानकारि दिनु भएको छ ।
बडीमालिका नगरपालिका ५ मना र हिमाली गाउँपालिका ७ बांधुमा वडा कार्यालय को आर्थिक सहयोगमा कक्षा सहयोगी शिक्षकद्वारा संन्चालन भइरहेको छ भने । बडीमालिका नगरपालिकाको वडा न.२, भौनेरा ७ जिल्लि, ८ रापक र ९ मार्तडी गैरीबजार हिमाली गाउंपालिका वडा न.१,नेटा५ रुगिन र खप्तड छेडेदह गाउँपालिका का वडा न. १, कांडा४ गुदुखाति ५ डोगडिमा सिकाइ उत्प्रेरक द्वारा नै संन्चालन गरिएको भएपनी आगामी दिनमा सेतोगुरांस बालबिकास सेवा बाजुराको प्राबिधिक सहयोग र वडा कार्यालयको आर्थिक सहयोगमा अतिरिक्त सिकाइ कक्षा संचालन का लागी पहल भईहेको सेतो गुराँस बालबिकास सेवा बाजुराका कार्यक्रम अधिकृत डम्म कटुवालले बताईन् ।
बालबालिकाको गुणस्तर अभिबृद्धीका लागी अतिरिक्त कक्षा महत्त्वपुर्ण भएकाले वडा कार्यालय सहयोग गर्न तत्पर छ बडिमालिका नगरपालिका वडा न.७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भन्नु भयो ।
अतिरिक्त कक्षा बाट अहिले सम्म २ सय ९१ छात्रा र २ सय ७२ छात्र गरि जम्मा ५ सय ६३ जना बालबालिका लाभान्वित भएका छन ।
सेतो गुराँसबालबिकास सेवा बाजुराले बालबालिकाको सिकाइ गुणस्तर अभिबृद्धीका लागी समुदाय मै बालबालिकालाइ सिकाइ क्रियाकलाप गराउन थालेकाले हामी अत्यन्तै उत्साहित छौ आगामी दिनमा हामी पनि बालबालिकालाई घरमै पढ्ने वातावरण सिर्जना गरिदिने छौ बडिमालिका नगरपालिका वडा न.५ मनाका अभिभावक पठानसिंह साउदले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार