होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मार्तडीमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै
मनोरञ्जन

मार्तडीमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

  • नागरिक रैबार
मार्तडीमा बृहत साँस्कृतिक कार्यक्रम हुँदै

नागरिक रैबार/साउन १८ बाजुरा। बाजुराको सदरमुकाम मार्तडीमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको आयोजनामा मार्तडीमा साउन २१ गते उक्त कार्यक्रम हुन लागेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको चौथो जिल्ला अधिवेशन संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीतामा वृहत साँस्कृतिक कार्यक्रम हुने आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा चर्चित गायक तथा संगितकार बिनोद बाजुराली, गायिका राधिका हमाल, प्रकाश थापा, लाल बहादुर धामी अछामी बड्डो, सुर्यबिरही साँउद, रेखा जोशी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान बाजुराका प्रथम उपाध्यक्ष नर बहादुर बिश्वकर्मा अध्यक्षतामा साउन १३ गते बसेको जिल्ला कार्यसमितीको बैठकले उक्त कार्यक्रमको आयोजना गर्ने औपचारीक निर्णाय गरिसकेको छ ।
कार्यक्रमलाई सभ्य वातावरणमा सम्पन्न गर्न बिभिन्न उप–समिति समेत गठन गरीएका छन् । कार्यक्रम मुल ब्यबस्थापन समिति संयोजकमा हर्क खडायत, मंच ब्यबस्थापन समितीको संयोजकमा नर बहादुर विश्वकर्मा, होटेल ब्यबस्थापन समिति संयोजकमा बिष्णु बहादुर धामी, स्वागत समिति संयोजकमा बिनिस्ता धामी र नृत्य ब्यबस्थापन समितिमा निसान्त रोकाया र राजेश पायल विकलाई जिम्मेवारी दिईएको छ ।
कार्यक्रमकै दिन प्रतिष्ठानले आफ्नो चौथो जिल्ला अधिबेशन समेत सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार