होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलमा पहिलोपटक ३ वटा देउडा गीतको छायाकंन
समाचार

गौमुलमा पहिलोपटक ३ वटा देउडा गीतको छायाकंन

  • नागरिक रैबार
गौमुलमा पहिलोपटक ३ वटा देउडा गीतको छायाकंन

नागरिक रैबार/ साउन ५ बाजुरा। जिल्लाको सर्वाधिक विकट मानिदै आएको गौमुल गाउँपालिकाको वडा नं १ अम्लिसमा पहिलो पटक ३ वटा देउडा गीतहरुको छायाकंन गरिएको छ ।
बाजुराको कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यका साथ पहिलो पटक गाउँमै पुगेर ३ वटा मौलिक देउडा गीतहरुको छायाकंन गरिएको सेती महाकाली म्युजिक प्रालिका प्रवन्धक रामबहादुर दानीले बताएका छन् ।
उनले भने हामीले हाम्रो सँस्कृति संरक्षणका लागि त्यस ठाँउको भाँगो अल्लोबाट बुनेका बोल्लाहरुको प्रत्यक्ष प्रदर्शन हुने गरि देउडा खेल सहितको भिडियोे छायाकंन गरिएको छ ।

सेती महाकाली म्युजिक प्रालिको उत्पादनमा बजारमा आउन लागेका गगन रोकाया र मनिसा दानीको स्वरमा रहेको घन्ठ्याउक्या त्यस्तै भुवन दाहाल र शोभा थापाको स्वरमा रहेको प्रेम बोहराको डोटी है अछाम आँया, र अर्चना भट्ट र नन्ना साँउदको तेरा काँ चण्कियो नामक मौलिक ३ वटा देउडा गितहरुको छायाकंन गरिएको हो ।
पहिलोपटक गाउँमै पुगेर छायाकंन गरेका ३ वटै गीतहरुमा गौमुल गाउँपालिका वडा नं. १ अम्लिसका स्थानीय महिला÷पुरुषहरुको स्थानीय भेषभुषा कला र संस्कृति भिडियोमा हेर्न सकिने बताईएको छ ।

धनबहादुर विसीको निर्देशनमा छायाकंन गरिएका हुन । उक्त गीतहरुको छायाकंन सेती महाकाली म्युजिक प्रालिका प्रवन्धक रामबहादुर दानीले गरेका हुन् ।
३ वटै गीतहरु दशै तिहारको अवसर पारेर क्रमस बजारमा ल्याईने भएका छन् । गीतहरु सेती महाकाली म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिने भएका छन् । छायाक‌न गरिएका ३ वटै गीतमा लय तथा शव्द  सेती महाकाली म्युजिक प्रालिका प्रवन्धक रामबहादुर दानीले गरेका हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार