होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मदिरा नियन्त्रण गर्न प्रहरीलाई साथ दिदै महिला
समाचार

मदिरा नियन्त्रण गर्न प्रहरीलाई साथ दिदै महिला

  • नागरिक रैबार
मदिरा नियन्त्रण गर्न प्रहरीलाई साथ दिदै महिला

नागरिक रैबार/बाजुरा १६ साउन।  बाजुरा जिल्लामा भईरहेका अधिकाँस आपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणलार्ई मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ ।
प्रहरीले चलाएको मदिरा नियन्त्रण अभियानलाई बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले पनि साथ दिने भएका छन् ।


मदिरा सेवनकै कारण समाजमा विभिन्न हिँसाहरु बढेको भन्दै सदरमुकामका महिलाहरुले मदिरा नियन्त्रण अभियान चलाएका छन् ।
मदिरा सेवन नै महिला हिँसाको प्रमुख कारण बनेको भन्दै बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले सदरमुकाम मार्तडीमा मदिरा नियन्त्रण गर्न सक्रियता बढाएका हुन् ।
बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले विहिबारबाट सदरमुकाम मार्तडीमा भित्रिने अवैध घरेलु मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्ने र मदिरा सेवन गरेर महिलामाथि हिँसा गर्ने पूरुषलाई तत्काल प्रहरी समक्ष बुझाई कारवाही गराउने गरी मदिरा नियन्त्रण अभियान चलाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले अवैध मदिरालाई व्यवस्थित गर्नका लागि जिल्ला भरि अभियान संचालन गरिरहेकोले बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले पनि प्रहरीको उक्त अभियानमा साथ दिन यो अभियान चलाएको बडीमालिका नगरपालिका वडा नं. ९ का दलित महिला सदस्य सुना विकले बताएकि छन् ।

विज्ञापन

कार्तिकदेखि प्रहरी सक्रियः
जिल्ला प्रहरी कार्यालय बाजुरामा गत वर्षको कार्तिक महिनाको ८ गते डिएसपी उद्धवसिंह भाट प्रवेशसंगै जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा मदिरा सेवनकै कारण हुने विभिन्न आपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न अभियाननै संचालन गरेर प्रहरीको सक्रियता बढाउँदै आएको छ ।
जिल्ला प्रंहरी कार्यालय बाजुराका अनुसार कार्तिक महिना बाट १७ हजार बढी अवैध घरेलु मदिरा नष्ट गरिसकेको छ भने मदिरा सेवन गर्ने ९ सय ३० जनालाई कारवाही गरिसकेको बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार