होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकी ९ वर्षिया बालिकाको भारतमा बलात्कार पछि हत्या
समाचार

बाजुराकी ९ वर्षिया बालिकाको भारतमा बलात्कार पछि हत्या

  • नागरिक रैबार
बाजुराकी ९ वर्षिया बालिकाको भारतमा बलात्कार पछि हत्या

नागरिक रैबार/ साउन ७ । बाजुरा घर भएकी बालिकाको भारतको दिल्लीमा बलात्कार प्रयासपछि हत्या गरिएको छ । भारतको पूर्वी दिल्लीको सुक्करपुरमा ९ वर्षीया लक्ष्मी चदाराको बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूताबासले जनाएको छ । उनको घर बाजुराको बुढिगंगा नगरपालिका वडा नं. १ कुडी हो । चदाराँ बुवा देब चदारा र आमासँगै भारतमा दिल्लीमा बस्दै आएकी थिइन् ।
शुक्रबारको दिन पूर्वी दिल्लीको सुक्करपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयासपछि हत्या भएको भारतस्थित नेपाली राजदूतबासमा कार्यरत एसएसपी प्रकाश अधिकारले जानकारी दिएका छन् ।
भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ । उनलाई भारतीय प्रहरीले प्रक्राउ गरेको छ । बुवा देब चदाँरा त्यसै घरको चौकीदारी गर्थे भने आमा त्यसै घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन् । शुक्रबार दिउँसो १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए । अचेत अवस्थामा फेला पारेकी छोरीलाई अस्पताल र्पुयाउँदा चिकित्सकले मृतक घोषणा गरेका थिए ।
छोरीको हत्या भएको खबर पाएपछि देब चदाराले भारतस्थित विभिन्न नेपाली संघ, संगठन नेपाली र राजदूतावाससँग सहयोग मागेका थिए । अन्य नेपालीको सहयोगमा प्रहरी कहाँ मुद्धा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्र बहादुर सिंहले बताए ।
बालिकाको आइतबार पोष्टमार्टमपछि दाहसंस्कार गरिएको छ । भारतस्थित नेपाली राजदूतमा कार्यरत एसएसपी प्रकाश अधिकारीकाअनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमद उर्फ सनुले बलात्कारको प्रयासपछि हत्या गरेका हुन् ।
उनले प्रहरीसमक्ष आफूले हत्या गरेको स्वीकार गरेको एसएसपी प्रकाश अधिकारीले जनाएका छन ्। पोष्टमार्टम गर्दा घाँटीमा औला अड्काएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयासको प्रमाण भेटिएको अधिकारीले बताए । भारतीय प्रहरीले बसिम अहमद उर्फ सनुमाथि हत्या र बलात्कारको मुद्धा दर्ता गरेको छ ।
दुई हप्ता पहिला डोटी घर भएकी भारतमा बस्दै आएकी १४ की सीता नेपाली (नाम परिवर्तन भारतको नयाँ दिल्लीमा आफ्नै काम गर्ने मालिकको छोराले बलात्कार गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार