होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • समृद्ध त्रिवेणी, समृद्धीको आधार र अवको बाटो
विचार/ब्लग

समृद्ध त्रिवेणी, समृद्धीको आधार र अवको बाटो

  • नागरिक रैबार
समृद्ध त्रिवेणी, समृद्धीको आधार र अवको बाटो

समृद्धी र विकास: समृद्धी र विकास पर्यावाचि, परिपुरक हुन । कुनै पनि समाजबाट बर्तमानमा आउँदा अधिकतम प्राकृतिक सम्पदाको प्रयोगबाट मानवीय दिगो विकास कुल ग्राहस्थ उत्पादनमा बृद्धी, शोषण, अन्याय, अत्याचार को अन्त्य र न्याय सुव्यवस्थामा आधारित स्वस्थ्थ समाजको निर्माण गर्दै अन्धविश्वास कुुरितीको निवारण आम मानिसमा शुखी आत्मसम्मान निवनयापन मार्ग नै समृद्धी हो ।
गरिवी बाटको मुक्ती सम्पन्नता आर्थिक वृद्धिदर संगै भौतिक पुर्वाधार, साँस्कृतिक, भाषिक मनोवैज्ञानिक चिन्तन ,शान्ति , एकता मेलमिलाप सहितको विकास नै विकासको सग्लो रुप हो ।
परिचय: त्रिवेणी नगरपालिका बाजुरा, नेपालको संविधान २०७२ जारी प्रश्चात मुलुुक स्थानिय सरकार , प्रदेश र संघिय संरचनामा जादा बाजरा जिल्लामा नौ वटा स्थानिय तह मध्य त्रिवेणी नगरपालिका एक हो ।
२०७३ फाल्गुन २७ पछी स्थापित यस स्थानिय तहको करिव १७०.३२ किलोमिटर भुुभाग रहेको छ । १८,३३६ जनसंङख्या बसोबास गर्ने यस क्षेत्रमा पुर्वमा कालिकाट , पश्चिममा बुढिगंगा नगरपालिका , उत्तरमा बडीमालिका नगरपालिका , दक्षिणमा अछाम जिल्लाले छाएको छ ।

स्थानिय सरकारको पहिलो कार्यभार बहुमत प्राप्त नेपाली कांग्रेसको नेतृत्व नगरप्रमुख , उपप्रमुख देखी आठ वडामा छ भने एक वडा नेकपाको नेतृत्व रहेको छ । भौगोलिक दृष्टीकोणको हिसावले प्रकृतीको बरदानका रुपमा बडिमालिका , बाइसपाटन त्रिवेणी धाम , नाटेश्वरी ,कैलाश देवता , मौरे शिवधाम यस नगरपालिकामा अवस्थीत छन् । साथै विभिन्न जातजाती भेषभुषा, चालचलन रितीरिवाजले भरिपुर्ण मानिन्छ ।
विगत र वर्तमान: वि. स २०४६ सालको देशको बदलिदो परिवेश प्रश्चाव पनी यो जेग राज्यको आँखाबाट उपक्षित थियो । विकास र राजनितिक परिर्वतनमा पछिल्लो समय दश बर्षे जनयुद्धमा ठुलो मानविय तथा भौतिक , आर्थिक क्षेती व्यहोन्थो । यस क्षेत्रको ज्योती ,इतिहास स्वर्गिय माननिय नरसिङ्ग गिरी ज्यू को चिन्तन ,दुरदर्शिता , सामाजिक चिन्तन र शिक्षाको जगमा टकेर यहाँ सम्म आउदा अनेक आरोह र अवरोहबाट यो माटो पवित्र भएको छ ।

विज्ञापन

अतुलनिय योगदानको कदर हामिले गनैपर्छ । राजनितिक र विकासका दृष्टीकोणले पछाडी परेको यस क्षेत्रमा देशको परिवर्तन ,संघियता स्थानिय सरकार सम्म आृउदा यस बखत त्रिवेणी नगरपालिकाले विकासको मुल प्रवाहलाई आत्मसाथ गर्दै प्रत्येक गाँउ गाँउमा सडक , खानेपानी , शिक्षा , स्वास्थ्थ , धार्मिक , सास्कृतिक सम्पदाको जगेर्ना, सरसफाई ,सिचाई मदिरा नियन्त्रणमा उल्लेखिनिय पाइला चालेको देखिन्छ । समृद्धीको ढोका खोलेको छ ।
स्थानिय सरकार अघी र पछीको गुणत्मक प्रतिफल नियालेर हेर्न पनी सकिन्छ । भौतिक पुर्वाधार निर्माण ,कृषी , पर्यटन लाई अगाल्दै आत्मनिर्भर को बाटोमा हिडिरहेको छ । समृद्धी विकासका लागी आधारभुत आवश्यकता त्यहाका नागरिकको सम्मानजनक , स्वतन्त्र बाच्न पाउने अधिकार का लागी मधिरा नियन्त्रण स्वस्थ्थ समाज , एकता मातृत्व , आपनत्वको सामुहिक भावना विकासमा जोड दिनुले समृद्धीको बाटो त्रिवेणी नगरपालिकाले तय गरेको देखिन्छ । इतिहासका विभिन्न कालखण्डमा खारिएका जनप्रतिनिधीको मुख्य लक्ष्य यस क्षेत्रको विकास नै हो । पछिल्लो समय नेपाली काग्रेसको आधार इलाका स्थापित यो क्षेत्रमा प्रतिपक्ष आवाज विहिन छ ।
बलियो प्रतिपक्षको भुमिका न्युन छ । त्रिवेणी नगरपालिकाले सामाजिक कनेक्टीभिटी मा यातायात ,बजार ,संचार संगै जल , जमिन , जंगल र जडिबुटी लाई मुख्य प्राथमिकतामा राखेको विकास र समृद्धीमा संका गर्न सकिदैन् । बस्ती बस्तीमा रोड सञ्जाल जोडिनु , विद्यालय शिक्षामा स्तर उन्नती,खानेपानी धार्मिक , साँस्कृतिक आस्था बोकेका मठमन्दिरको व्यवस्थापन बलियो आधार शिक्षा हो ।


प्राथमिकता क्षेत्र: बाजुरा जिल्लाको पुर्व दक्षिणमा रहेको मल्लागिरी हिम शिखर त्रिवेणी नगरपालिकामा पर्दछ । धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य देशकै पवित्र भुमी १०८ शतmी पिठ मध्यको एक ठुलो शतmीपिठ ले यहाँको सोभायमानको गरिमा बढाएको छ । प्राचिन खास सामान्य देखी श्री स्वस्तानी वर्तकथाको दशौ अध्यायका सारमा माता मालिकाको उत्पती गाथाले यहाँको महत्व झल्काएको छ ।
अद्रितिय प्राकृतिक सौन्दर्य सोमित सुन्दर २२ पाटन , रमणिय हिम श्रृखला , दुर्लभ बनस्पती ,जडिबुडीको भन्डार , लोपओन्मुख वन्यजन्तु ,बहुमल्य पत्थर ,चट्टान ,बनस्पती , काठ नै यहाँको अमुल्य सम्पती हो । यस क्षेत्रको थुप्रै अतुलनिय अवर्णनिय धार्मिक महत्व बोकेका क्षेत्रको पहिचान , प्रर्वधन र विकासमा लाग्न अत्या आवश्यक रहेको छ ।

शिवलिङ उत्पती संगै बुढिगंगा , मालागाड , नदिको संगम स्थल मौरे क्षेत्र अयाहयाका राजा राम वनबासका क्रममा पुगेका र पछी मौर्य नामक ऋषिले तपस्या गरी शिवत्व प्राप्त गरेको मौरे क्षेत्र नाटेश्वरी , बडिमालिकाको गुरुयोजना मार्फत आधारभुत स्तर उन्नती संगै जोड्ने केवलकार निर्माण गरि धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिन्छ ।
सम्पुर्ण नागरिकको हितमा स्वास्थ्थ क्षेत्रलाई प्रभावकारी बनाई युवा मैत्री स्वरोजगार तालिम कार्यक्रम प्रविधी , संचारको विश्वमा टि.भी रेडियो , नेट , इन्टरनेटको विकासमा ध्यान दिनुको साथै प्राविधिक शिक्षालय मार्फत प्राविधिक उप्पादन मा जोड नै आजको आवश्यकता हो ।

जिल्लाकै ठुलो जलविधुत आयोजना मालागाड जलविधुतले करिव २०० मेगावाट विधुत उत्पादन गरेको छ । प्रत्येक वस्तीमा विजुली वत्ती पुग्दै गर्दा विधुत बुढिगंगा नगरपालिका खत्तड छेडेदह गाँउपालिका सम्मलाई पुग्ने क्षमताले त्रिवेणी नगरपालिका विधुत उत्पादन क्षत्रमा पहिलो भएको छ ।
समस्या र समधान: जन्म पश्चात मान्छेको सवैभन्दा ठुलो सम्पती आत्मसम्मान र खुशी जिवन यापन नै हो । हामीले लोकतन्त्र बलियोको आधार निर्माण गर्नसक्नु पर्छ । किनकी लोकतन्त्रमा निर्णय भन्दा पनी हामीले गर्ने कार्य्विधी र प्रक्रिया,समावेसी , समानता, परिमाणमुखी , प्रतिफलमा ध्यान दिनुपर्ने जरुली रहेको देखिन्छ । मुख्य आधारभुत आवश्यकता बेरोजगारी युवा पलायन , कुलतको न्युनिकरण संगै शुसासन , भष्टा«चार कर्मचारितन्त्र , सामाजिक न्यायको सिद्धान्तको लगाम खुुकुलो बनाउनु हो , भने समृद्धी र विकास सम्भव छैन् ।
समाज रुपान्तरणको अभियान खेर जाने छ । त्रिवेणी समृद्धीको सिङगो जिल्ला र राष्ट्रकै समृद्धीको यात्राको अंस बनेको छ । मुख्य समस्या त्रिवेणीले रनसिङ गिरी पश्चात राष्ट्रिय स्तरको राजनितिक मुलधारमा नेतृत्व जन्माउन संकेत राजनितिकको मुल प्रवाह बाट बाहिर बस्यो ।
राष्ट्रिय गौरवको आयोजनाले ठाउ पाएन भने हामीले बनाउने पसिना धनगढी , काठ्मान्डौका लागी बगायौ , यहाँ नै आफ्नो उद्यम खा्र्च गरेनौ , खुर्सानी मसला समेत किनेर खाने स्थीती वन्द गरी कृषी उत्पादनका क्षेत्र फलफुल , तरकारी बाख्रा पालन , काठ , व्यवसाय जडिवुटी , बालुवा , गिट्टीको अधिक्तम प्रयोगद गरी संरक्षण सम्र्वधन शिक्षा र स्वास्थ्थमा विषेश लगानी वा दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्ने भएको छ ।

बजेट विजियोजनका पक्षमा संगै कार्यन्वयनलाई अझै वलियो बनाउदै एक पटक त्रिवेणीले राष्ट्रिय राजनिति र जिल्लाको राजनितिक दल प्रवाहमा नेतृत्व जन्मिनु पर्ने भएको छ । त्यसैले त्रिवेणी नगरपालिका समृद्ध त्रिवेणी समृद्धको आधार र अवको बाटो हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार