होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकाः वडा नम्बर ३ मा इन्टरनेट जडान
समाचार

गौमुल गाउँपालिकाः वडा नम्बर ३ मा इन्टरनेट जडान

  • नागरिक रैबार
गौमुल गाउँपालिकाः वडा नम्बर ३ मा इन्टरनेट जडान

प्रमित बि ‍. क/ बाजुरा, साउन ७ । गौमुल गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ ।, गौमुल गाउँपालिकालाई सुचना र प्रविधियुक्त गाउँपालिका बनाउन ३ नम्बर वडामा इन्टरनेट जडान गरिएको हो ।
गाउँपालिकाका सम्पूर्ण कामहरु ईन्टरनेटको माध्यामबाट वडा कार्यालयमा उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । सेवागा्रहीलाई प्रविधिमैत्री र सुचना छोटोछरितो सार्वजनिक सेवा प्रदान गर्न गाउँपालिकाले पहिलो पटक वडामा इन्टरनेट जडान गरिएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।
छिटोछरितो र सहज किसिमले सेवा प्रदान गर्नु पर्ने हुँदा इन्टरनेट प्रविधिलाई बिशेष महत्वका साथ इन्टरनेट जडान गर्न बढी जोड दिएको अध्यक्ष रोकायाले बताउनुभयो । गाउँपालिकामा रहेका ६ वडा मध्ये ३ र ६ वडा कार्यालयमा नेट जडान गरि सेवा प्रदान गरिसकेको र बाकी ४ वडामा पनि इन्टरनेट जडानका लागी पहँल भैरहेको गाउँपालिका उपाअध्यक्ष सीता थापाले बताउनुभयो ।

गाउँपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन इन्टरनेट जडान नभएका बाकी वडामा पनि इन्टरनेट जडान गरिने बताइएको छ । वडा नं. ३ मा नेट जडान भएपछि सेवागा्रही लाइ सहज भएको छ । वडा कार्यालयमा नेटको अभावले पहिला सबै काम गर्न ढिलो हुन्थ्यो अब नेट जडान भएपछि काम छोटोछरितो र समयको सदुपयोग हुने सेवागा्रही बताउन्छन् ।
गाउँपालिका विकासमा सबैभन्दा अगाडि रहेको छ । गाउँपालिकाकामा रहेका बाकी सबै वडामा इन्टरनेट जडान गरेर प्रविधिमैत्री गाउँपालिका बानाउने बताइएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार