होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ फागुन। बाजुरामा चैत्र १ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको तयारी तिव्र पारिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप लगाउनका लागि अभियानलाई तिव्र पारिएको हो । स्वास्थ्य कार्यालय बाजुराले विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सो अभियानको तयारी तिव्र पारिएको जनाएको छ ।जिल्लाका सवै बस्ती–बस्ती र टोल […]
बाजुरा २९ फागुन। बाजुराको कर्णाली पारि रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा पहिलो पटक ट्याक्टर पु¥याईएको छ । कर्णाली नदीमा डोजरको सहायताले पहिलो पटक ट्याक्टर कर्णाली पारि तारिए पछि बुधबार गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले ट्याक्टर र ट्याक्टर चालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ३ का नेत्रबहादुर शाहीको भे १ त ९४३१ […]
फागुन २८ बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बुढिगंगा नगरपालिकाको कृषि शाखामा भित्र बिद्युत सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो कार्यालयमा रहेको कम्पुटर बिभिन्न कागजपत्र लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् । बिद्युत तार सट […]
रामबहादुर वि.क./बाजुरा २७ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ३ पुर्वताका मदन कुमार सुनारले जन्मदिनको अवसरमा कन्सन बाजुरामा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । विगतका वर्षहरुमा घरमै सामान्य तरिकाले जन्मदिन मनाउँदै आएका सुनारले मगलबार परेको आफ्नो जन्मदिनको अवसर पारेर कन्सन बाजुरामा रहेका १३ जना अनाथ बालवालिकाहरुका लागि शैक्षिक सामाग्री र फलफुल वितरण गरेका […]
मदन वि.क./बाजुरा २७ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ स्थित कोटबाडाकि १४ वर्षिया स्वस्तिका नेपाली कक्षा ८ मा नियमित अध्ययन गर्ने छात्रा हुन् । उनलाई सूरुमा महिनावारी हुँदा गाउँनजिकै रहेको विद्यालयमा जाने कि नजाने गएपनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सताउने गरेको थियो । सूरुमा महिनावारी हुँदा स्वस्तिका संगै विद्यालयमा जाने […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २५ फागुन। बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर १ मा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा बडिमालिका १ पाटा निबासी राम दानीकी ३८ बर्षिया श्रीमती तुलादेबी दानी रहेकी छन् । दानी पाला काट्न नजिकै रहेको साँड जंगलमा गएका बेला भिरबाट लडेर मृत्यु भएको आफन्त मदन बहादुर दानीले बताउनुभयो […]
नागरिक रैबार/बाजुुरा २५ फागुन। नेपाल कम्युनिष्ट पाटी –नेकपा) बाजुराको जिल्ला एकता टुङ्गिएपनि नेकपा भित्रकै नेता तथा कार्यक्रताहरु भने अझै असन्तुष्ट देखिएका छन् । नेकपाको विधान अनुसार तत्कालिन एमाले र माओवादी वीच ६०–४० को भागवण्डाका आधारमा जिम्मेवारी बाँडफाँड गरि जिल्ला तहको एकता प्रक्रिया टुंगो लागिसकेको नेकपा बाजुराले बताईरहेको बेला नेकपा भित्रकै नेताले जिल्ला तहको एकता प्रक्रियामा […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
नागरिक रैबार/बाजुरा २३ फागुन । जिल्लाको बडीमालिका नगरपालिका ७ स्थित श्री लक्ष्मी माविको प्रधानाध्यापकको जिम्मेवारी विद्यालयकी शिक्षक माया रोकायालाई दिएको छ । शुक्रबार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले विद्यालयमा माया रोकायालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विव्यस अध्यक्ष धुमा खत्रीले बताएकि छन् । यस अघि विद्यालयमा प्रधानाध्यापक लालचन्द जैशि र शिक्षक कुस्मराज पण्डित विच प्रधानाध्यापकको विवाद […]
नागरिक रैबार/बाजुरा २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा हिमालीका नेताहरुले हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमालीका नेताहरुले अध्यक्ष मल्लको राजिनामा माग गरेका हुन् […]
बाजुरा २३ फागुन। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेका छन् ।हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन […]
जय बहादुर रावत/बाजुरा २१ ,फागुन । बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडिमालिका युवा सुचना केन्द्रको सेफ द चिल्ड्रेन टोलीले अवलोकन गरिएको छ । सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर सहितको टोली द्धारा बडिमालिका युवा सुचना केन्द्रको अवलोकन गरिएको हो ।सेफ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोग र बडिमालीका नगरपालिका र नगरस्तरिय युवा संजालको […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २१ फागुन। बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर एक अन्द्राडीमा भेडालाई पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ । गाउ नजिकै रहेको अलम्टा जंगालमा भेडा चराउन गएको समयमा मृत्यु भएको आफन्त देबबहादुर बोहराले बताउनुभयो ।मृत्यु हनेमा सोही ठाउका अन्दाजी २२ बर्षिया रामबहादुर बोहरा रहेको बोहराले जानकारी दिनुभएको छ । हिजो दिउसो […]
रामबहादुर बि.क/फागुन १९ बाजुरा । जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा जीप व्यवसायीहरुले जोखिम मोलेर सवारी साधान सञ्चालन गर्न बाध्य भएका छन् । जसका कारण सवारी साधानहरु दुर्घटनाको जोखिम झनै बढेको छ । सडकका दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधान घन्टौं फस्ने गरेकाले दुर्घटना बढ्ने सम्भावना देखिएको हो । निर्माण हुँदै गरेको सडकमा जथाभावि पानी छोडिएपछि […]
नागरिक रैबार/बाजुरा १८ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ स्थित भेरालमाण्डौं सामुदायिक वनका मृत अवस्थामा भेटिएको चितुवा वन डिभिजन कार्यालय परिसरमा गाडिएको छ । शनिबार मृत अवस्थामा भेटिएको चितुवा अस्थायी प्रहरी पोष्ट पाण्डुसेन र वन डिभिजन कार्यालय बाजुराबाट खटिएको कर्मचारीको टोलीले सो ठाउँबाट उद्धार गरेका थिए । अाईतबार वन डिभिजन कार्यालय बाजुराको परिसरमा प्रहरी, […]
नागरिक रैबार/बाजुरा १७ फागुन। बडीमालिका नगरपालिका ७ स्थित पोरखे लेख नजिकैको जंगलमा मृत अवस्थामा एक चितुवा फेला परेको छ । शनिबार विहान स्थानीयहरुले जंगलमा चितुवा मृत अवस्थामा फेला परेको प्रहरीलाई खवर दिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरा र वन डिभिजन कार्यालयका कर्मचारीको टोली टोली मृत चितुवाको उद्धार गर्न पठाईसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक […]
नागरिक रैबार/बाजुरा १७ फागुन । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराका कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन धमाधम उखुको विउ वितरण गर्दै आएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत बाजुरा प्रवेशद्धारा इकडी देखि सदरमुकाम मार्तडीसम्मको सडक छेउछाउका कृषकहरुलाई लक्षित गरेर कृषि ज्ञान केन्द्र बाजुराले उखुको विउ वितरण गर्दै आएको हो । यस अघि केन्द्रले रिठाबजार, फालासेन […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविले फूड फेस्टिवल सम्पन्न गरेको छ ।शुक्रबार विद्यालयमा एक भव्य कार्यक्रमका विच उक्त फेस्टिवल कार्यक्रम सम्पन्न गरेको हो । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो ।कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको प्राङ्गणमा विभिन्न ८ वटा स्टलहरु राखेर बाजुराकै […]
नागरिक रैबार/बाजुरा १६ फागुन। अनेरास्ववियु बाजुराकी विद्यार्थी महिला नेतृ विनिस्ता धामीले आफ्नो एक प्वाइन्ट व पोजेटिभ रगत दान गरेपछि बाजुरा अस्पतालमा एक सुत्केरीको ज्यान जोगिएको छ । रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेकी जिल्लाको स्वामीकार्तिक गाउपालिका वडा नं. २ कि २६ वर्षिया सुबिस्था कडायतलाई शुक्रबार दिउसो धामीले एक प्वाइन्ट व पोजेटिभ रगत दिएर ज्यान जोगाईदिएकि हुन् […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको गौमुल गाउँपालिका–६ टुनी, बाम्नी, शान्तिटोल र चिउँडेका चार वटा दलित बस्तीका ५० जना विपन्न दलित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । दलित समुदाय भित्रका अति विपन्न परिवारका ५० जना महिला तथा बालबालिका र वृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको हो । “छोरीका लागि छोरी”अभियान कपडा बैंक काठमाण्डौं जाउलाखेल […]