होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरामा दादुरा-रुवेला खोप अभियानको तयारी तिव्र
स्वास्थ्य-जीवनशैली

बाजुरामा दादुरा-रुवेला खोप अभियानको तयारी तिव्र

  • नागरिक रैबार
बाजुरामा दादुरा-रुवेला खोप अभियानको तयारी तिव्र

नागरिक रैबार/बाजुरा २९ फागुन। बाजुरामा चैत्र १ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको तयारी तिव्र पारिएको छ । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा दादुरा–रुवेला विरुद्धको खोप लगाउनका लागि अभियानलाई तिव्र पारिएको हो ।

स्वास्थ्य कार्यालय बाजुराले विहिबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गरेर सो अभियानको तयारी तिव्र पारिएको जनाएको छ ।जिल्लाका सवै बस्ती–बस्ती र टोल टोलमा पुगेर दादुरा–रुबेला बिरुद्धको खोप लगाउनका लागि अभियान तिव्र पारिएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तर्गत बाजुरामा १८ हजार २ सय ६ बालवालिकालाई खोप लगाईने भएको छ । जन्मेको ९ महिना देखी ५ बर्ष सम्मका सम्पुर्ण बालवालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने उद्देश्यले सो अभियान चलाउन लागिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

चैत १ गते दादुरा–रुबेला बिरुद्धको खोप चलाउनका लागि यस अघि नै सो अभियानमा परिचालन हुने जिल्लाका सवै स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई जानकारी समेत गराईसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । नेपाल सरकारले दादुरा–रुबेला रोगलाई निर्मुलीकरण गर्नका लागि देशैभरी अभियान चलाएपछि बाजुरामा पनि चैत १ गते देखी सो अभियान संचालन हुन लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार