होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मृत भेटिएको चितुवा वन डिभिजन परिसरमा गाडियो
Breaking News

मृत भेटिएको चितुवा वन डिभिजन परिसरमा गाडियो

  • नागरिक रैबार
मृत भेटिएको चितुवा वन डिभिजन परिसरमा गाडियो

नागरिक रैबार/बाजुरा १८ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ स्थित भेरालमाण्डौं सामुदायिक वनका मृत अवस्थामा भेटिएको चितुवा वन डिभिजन कार्यालय परिसरमा गाडिएको छ ।

शनिबार मृत अवस्थामा भेटिएको चितुवा अस्थायी प्रहरी पोष्ट पाण्डुसेन र वन डिभिजन कार्यालय बाजुराबाट खटिएको कर्मचारीको टोलीले सो ठाउँबाट उद्धार गरेका थिए ।

अाईतबार वन डिभिजन कार्यालय बाजुराको परिसरमा प्रहरी, पशु विज्ञ केन्द्र, पत्रकार र वन डिभिजन कार्यालयका कर्मचारीहरुको रोहबरमा मृत भेटिएको चितुवालाई गाडिएको छ ।

विज्ञापन

डिभिजन बन कार्यालयका अनुसार उक्त चितुवा ५ फिट लम्बाइ रहेको र चितुवाको आधा सरिर कुहीएको अवस्थामा फेला परेको बताएको छ ।

चितुवाको टाउकोमा गम्भिर चोट लागेको डिभिजन बन कार्यालय बाजुराका वन अधिकृत भिमप्रसाद कंडेलले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार