होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हिमालीमा सरकारी मोटरसाईकलको चरम दुरुपयोग
देश/प्रदेश

हिमालीमा सरकारी मोटरसाईकलको चरम दुरुपयोग

  • नागरिक रैबार
हिमालीमा सरकारी मोटरसाईकलको चरम दुरुपयोग

नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् ।

हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो मनमर्जिमा विदाको समयमा पनि चलाउने गरेको पाईएको छ ।

सरकारी मोटर साईकलको गाउँपालिका अध्यक्ष गोविन्द मल्लका छोरा चिरम मल्लले जथाभावी रुपमा प्रयोग गर्ने गरेको पाईएको छ । सरकारी सवारी साधन विदा बाहेक अन्य दिनमा सम्वन्धित कार्यालयकै कर्मचारीले चलाउने प्रावधान रहेको छ तर गाउँपालिकाका अध्यक्षका छोराले विदाको दिनमा पनि सरकारी सम्पति दुरुपयोग गर्दै आईरहेका छन् ।

विज्ञापन

गाउँपालिकाका एकजना स्थानीयले भने, ‘यो त अती नै भयो, अध्यक्षको छोराले आफ्नो घरपरिवारलई मोटरसाइकलमा बोक्ने देखि लिएर श्रीमतीलाई माइत पुर्याउन समेत सरकारी मोटरसाइकल प्रयोग गर्दै आउनु कत्तिको जायज कुरा हो  ?

हिमाली गाउँपालिकाले सरकारी कामकाजका लागि खरिद गरेको से १ प ११३ नम्बरको सरकारी मोटरसाईकल अध्यक्षका छोराले चलाउँदै आएका छन् । हेलमेट नै प्रयोग नगरेर मोटरसाईकल चलाउने, मोटरसाईलकमा तीनजना चढाउने र अनावश्यक निजी काममा सरकारी मोटरसाईकल दुरुपयोग हुँदै आएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

 

यता जिल्ला प्रशासन कार्यालय बाजुराले सरकारी नम्बर प्लेटका सवारी साधनको चेकजाँचमा कडाई गरेको भएपनि जिल्लाका कतिपय स्थानहरुमा सार्वजनिक विदाको दिनमा पनि सवारी चलेको तथा आवश्यक कागजात विना नै सवारी चलाउँदै आएको  देखिएको छ ।

Image may contain: 1 person

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार