होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराले गर्याे ८ औं जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक
समाचार

एमाले बाजुराले गर्याे ८ औं जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक

  • नागरिक रैबार
एमाले बाजुराले गर्याे ८ औं जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक

नागरिक रैबार/ बाजुरा २३ बैशाख। नेकपा एमाले बाजुराले आसन्न ८ औ जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे छ ।

आज मार्तडीमा पत्रकार सम्मेलन गर्दै एमाले बाजुराले ८ औं  जिल्ला अधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे हाे ।

जिल्ला अधिवेशनको लोगोकाे पृष्ठभूमिमा बाजुरा जिल्लाका एतिहासिक, धार्मिक, प्राकृतिक श्राेत र सम्पदा झल्किएका छन् । लाेगाे भित्र कर्णाली नदि, बडीमालिका पाटन, बुढीनन्दा पाटन, खप्तड पाटनसहित कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ ।

विज्ञापन

एमालेले अधिवेशनका लागि ‘जनवादी पार्टी निर्माण र संगठन सुदृढीकरणका लागि घरघरमा एमाले अभियान, एकताबद्व जुझारु र हार्दिकता सहितकाे आठौं जिल्ला अधिवेशन’ भन्ने नारा तय गरेकाे छ ।

जेठ १ देखि ३ गतेसम्म मार्तडीमा हुने अधिवेशनको तयारी तिब्र पारिएको पार्टी अध्यक्ष भरत थापाले बताएका छन् ।

अधिबेशन सफल बनाउन नेकपा एमाले बाजुराले अधिवेसनमा प्रतिनिधिहरुको ब्यपस्थापनका लागि एक संगठित सदस्य बरावर १ सय रुपैयाँ सहयोग अभियान समेत संचालन गरिने पत्रकार सम्मेलन मार्फत अध्यक्ष थापाले बताएका  छन ।

त्यस्तै पार्टी जिल्ला कमिटीको यस अघि २१ बैशाखमा मार्तडीमा बसेको बैठकले बैशाख २४ गते भाेलि एकै दिन जिल्लाका नौ वटै पालिकामा प्रतिनिधी छनोट गर्ने भएकाे छ ।

खुला तर्फ ७५ जना संगठीत सदस्य बराबर एक, दलित ५० जना बराबर एक र जनजाती १५ जना बराबर एक जनाप्रतिनिधी छनोट हुन पाउने गरि निर्णय गरिएको छ ।

त्यसैगरी १ सय १० जना बढीको जिल्ला कमिटी र २५ बढीको संख्यामा सल्लाहकार समितिबाट प्रतिनिधी र जिल्लामा सक्रिय जनसंगठन मध्येबाट प्रत्येक संगठनबाट २ जनाका दरले प्रतिनिधी हुन पाउने गरि निर्णय गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार