होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार: पुर्व शिक्षा मन्त्री पाेख्रेल 
समाचार

गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार: पुर्व शिक्षा मन्त्री पाेख्रेल 

  • नागरिक रैबार
गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार:  पुर्व शिक्षा मन्त्री पाेख्रेल 

राजेन्द्र विक /बाजुरा १८बैशाख। पुर्व शिक्षा मन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोख्रेलले गुणस्तरीय शिक्षा समृद्ध नेपालको पहिलो आधार भएको बताएका छन् ।

गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि समुदाय , अभिभावक र अन्य क्षेत्रको योगदान आवश्यक भएपनि पहिलो जिम्मेवारी शिक्षकहरुको हुने पोखरेलको भनाई छ ।

बडीमालिका नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि आयोजना गरेको प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा उहाँले शिक्षा विकास विना देश विकास र समृद्ध नेपालको परिकल्पना नै हुन नसक्ने धारणा राखेका हुन्।

विज्ञापन

शिक्षक नेता हुने भन्ने कुरामा सहमत जनाएका पोखरेलले दलको नभई शैक्षिक क्षेत्रको हुनु पर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका पोखरेलले शिक्षक भर्ना र नियुक्ती आयोगले गरेपनि त्यो बाहेकका सबै अधिकार पालिकाकै मान्नु पर्ने सुझाव दिएका छन् । पालिका मातहतमा बस्दैनौं भन्ने कुरा शिक्षकहरुको गलत र संविधानको मर्म भावना विपरित हुने धारणा राखेका छन् ।

शिक्षकहरुले नै देशको परिवर्तन र मुक्तिका लागि ठूलो योगदान र बलिदान गरेकोले संगठन खोल्ने र आवद्ध हुने अधिकारबाट वञ्चित हुन नदिने पक्षमा आफू रहेको र वर्तमान शिक्षा मन्त्रीको परिपत्रसँग सहमत नरहेको बताएका छन् । उहाँले दलको झण्डा बोक्ने र पार्टीका आधिकारी कमिटीमा आवद्ध हुने कुरा गलत भएपनि युनियन, संघ र संगठन बनाएर बस्नेकुरामा बन्देज गर्नु राम्रो नहुने बताएका छन् ।

उहाँले विद्यालयको प्रअ नियुक्ती नै परीक्षाबाट हुनु पर्नेमा जोड दिएका छन् । प्रअ हुनु भनेको कुशल व्यवस्थाक बन्नु हो । त्यो सबैसँग क्षमता हुदैन्, त्यसैले परीक्षाबाटै लिनु उपयुक्त हुने धारणा राखेका छन् । त्यस्तै माओवादी केन्द्र बाजुराको अभिमुखिकरण कार्यक्रममा बोल्दै पोख्रेलले पार्टिको नीति समाजवादको मार्गमा अगाडि बढ्ने भएकाले त्यसअनुरूपको व्यवहार र कार्यमा प्रतिबद्ध हुन पार्टी नेता कार्यकर्ताहरुलाइ आग्रह गरेका छन्।माओवादी केन्द्र सुदुरपश्चिम प्रदेशको २ महिने रुपान्तरण अभियान अन्तरगतको अभिमुखिकरण कार्यक्रम बाजुरा लगायत ४ जिल्लामा सम्पन्न गरि पोख्रेल लगायतको टोलि धनगढी प्रस्थान गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार