होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • दलित परिवारका ५० जना लाई न्यानो लुगा उपहार
बाजुरा बिशेष

दलित परिवारका ५० जना लाई न्यानो लुगा उपहार

  • नागरिक रैबार
दलित परिवारका ५० जना लाई न्यानो लुगा उपहार

नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको गौमुल गाउँपालिका–६ टुनी, बाम्नी, शान्तिटोल र चिउँडेका चार वटा दलित बस्तीका ५० जना विपन्न दलित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । दलित समुदाय भित्रका अति विपन्न परिवारका ५० जना महिला तथा बालबालिका र वृद्धवृद्धालाई चिसो छल्न न्यानो लुगा वितरण गरिएको हो ।

“छोरीका लागि छोरी”अभियान कपडा बैंक काठमाण्डौं जाउलाखेल ललितपुरको सहयोग, कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा न्यानो लुगा वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष रमित विकले बताए ।
उनका अनुसरा दलित परिवारका लागि न्यानो लुगामा कोट,ज्याकेट, बाक्लो सर्ट, टिसर्ट तथा पाइन्टहरु वितरण गरिएको हो । लुगाहरु एक औपचारिक कार्यक्रमका बीच दलित वस्तीमै हस्तान्तण गरिएको हो ।

न्यानो लुगा वितरण कार्यक्रममा बोल्दैं गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले दलित परिवारका लागि न्यानो लगा सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनले आफ्नो वडाको लक्ष्य भनेकै गरिव र विपन्नको आयस्तर माथि उकास्न भएकाले वडा भित्रका हरेक बस्तिका विपन्न परिवारका लागि आफुले वडा बाट सक्दो सहयोग गर्ने बचन दिएका थिए ।

विज्ञापन

सोही कार्यक्रममा बोल्दै वडा सदस्य प्रेम विकले आफ्नो टोल रहेका दलित भित्रका पनि अति विपन्न परिवारहरु रहेका कारण उनीहरुको आर्थिक स्थिति माथि ल्याउन पहल गर्ने बताए ।

त्यस्तै कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं लुगा संकलन अभियानकर्मी रमित विकले आफ्नो उद्देश्य भनेकै दलित समुदायका परिवारको उन्नती र समुन्नतीका सधै सहयोग गरिरहने बताएका थिए ।

विगतदेखि हरेक समस्याबाट प्रताडित र अरुको दृष्टिमा दलित समुदाय प्रति हेर्ने नजर फरक भएका कारण अब पहिले जस्तो दब्बिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभएको छ ।

५० बढी दलित समुदायको अगुवाई गदैं सहकारी स्थापना गरेका अध्यक्ष विकले समाज परिवर्तन गर्ने अठोट व्यतm गरेका छन् । आफु रातदिन दलित समुदायकै भलाईका लागि सोँचिरहेको बताउँदैं विकले सबैले व्यवसायिक र आत्मनिर्भेर बन्न आग्रह समेत गर्नुभयो ।

सहकारी संस्थाका अध्यक्ष एवं लुगा संकलन अभियानकर्मी रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकाया रहनु भएको थियो ।

कार्यक्रममा वडा सदस्य प्रेम विक, विमला, विक बिशिष्ट अथिति रहनुभएको थियो । पत्रकार प्रमित विकले सञ्चालन गरेको कार्यक्रममा करिव २ सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी संस्थाको केन्द्र टुनीमा आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार