होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • मालिका नमुना माविमा फुड फेस्टिवल कार्यक्रम
शिक्षा

मालिका नमुना माविमा फुड फेस्टिवल कार्यक्रम

  • नागरिक रैबार
मालिका नमुना माविमा फुड फेस्टिवल कार्यक्रम

नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविले फूड फेस्टिवल सम्पन्न गरेको छ ।शुक्रबार विद्यालयमा एक भव्य कार्यक्रमका विच उक्त फेस्टिवल कार्यक्रम सम्पन्न गरेको हो ।

कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो ।कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको प्राङ्गणमा विभिन्न ८ वटा स्टलहरु राखेर बाजुराकै स्थानीय खाजाका परिकारहरु उत्पादन गरेर फुड फेस्टिवल सम्पन्न गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

विज्ञापन

फूड स्टलमा बाजुरामै उत्पादन भएका स्थानीय खाजाका परिकारहरु तयार गरिएका थिए । विद्यालयको प्राङ्गणमा सजाईएका फुड स्टलहरुको शिक्षक विद्यार्थी, र अतिथिहरुले अवलोकन गर्नुका साथै परिकारहरुको स्वाद समेत लिएका थिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष दिर्घराज पाध्याय, बडीमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विक, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख गोपालदत्त जोशी, बडीमालिका शिक्षा शाखा प्रमुख रंगमल विक लगायत शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार