होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी–कोल्टी सडक हिलाम्मे, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय
Breaking News

मार्तडी–कोल्टी सडक हिलाम्मे, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

  • नागरिक रैबार
मार्तडी–कोल्टी सडक हिलाम्मे, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रामबहादुर बि.क/फागुन १९ बाजुरा । जिल्लाको मार्तडी–कोल्टी सडक खण्डमा जीप व्यवसायीहरुले जोखिम मोलेर सवारी साधान सञ्चालन गर्न बाध्य भएका छन् । जसका कारण सवारी साधानहरु दुर्घटनाको जोखिम झनै बढेको छ ।

सडकका दर्जन बढी स्थानमा हिलाम्मे भएकोले सवारी साधान घन्टौं फस्ने गरेकाले दुर्घटना बढ्ने सम्भावना देखिएको हो । निर्माण हुँदै गरेको सडकमा जथाभावि पानी छोडिएपछि सडक झन् जोखिमपूर्ण भएको छ । साँघुरो बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या झन बढेको चालकहरुको भनाई छ । हिलोमा गाडी फस्दा घन्टौं सडक जाम हुने गरेको छ ।

ग्रेड नमिलेको साँघुरो र खाल्डाखुल्डी परेको सडक खण्डमा जिव ट्क्याटरलाई आवतजावत गर्न सकस भएको चालकले बताएका छन् । सडक विस्तार गर्ने क्रममा पुरानो ‘सेट’ भएको भित्तो डोजरले खनेर फालेकाले माथिबाट जंगलसहित तल खसेको हुदा सडक हिलाम्मे भएको हो ।

विज्ञापन

केही स्थानमा भित्ता काटेर निक्लेको माटो अव्यवस्थित तरिकाले डिलमुनि फालेकोले पहिरो बनेर बग्दा झन समस्या भएको छ । मार्तडी कोल्टी सडक खण्डमा पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ ।

संग संगै सडक स्तरोन्नति गर्ने काम पनि चेलिरहेको छ । ‘सडक निर्माणकै क्रममा भएकोले केही समस्या आएको यात्रुहरुले बताएका छन् । नाली खन्ने र भित्तामा सपोटिङ वाल उठाउन बाँकी भएकाले सडक हिलाम्मे हुनु गरेको सडक निर्माण कम्पनिले जनाएको छ ।

यो वर्ष पानी धेरै परेपनी हिलाम्मे सडकमा पनि सवारी साधान चल्न बाध्य भएका छन् । मार्तडी–कोल्टी खण्ड अन्तरगत मार्तडीको जिउला वसपार्क देखि भमकीचौर, खडुका , जिल्ली , चुथी ,रजातोली र ढम्कने सम्मको सडक बढी हिलाम्मे हुँदै गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार