होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • विनिस्ताको एक प्वाइन्ट रगतले सुत्केरीको ज्यान जोगियो
Breaking News

विनिस्ताको एक प्वाइन्ट रगतले सुत्केरीको ज्यान जोगियो

  • नागरिक रैबार
विनिस्ताको एक प्वाइन्ट रगतले सुत्केरीको ज्यान जोगियो

नागरिक रैबार/बाजुरा १६ फागुन। अनेरास्ववियु बाजुराकी विद्यार्थी महिला नेतृ विनिस्ता धामीले आफ्नो एक प्वाइन्ट व पोजेटिभ रगत दान गरेपछि बाजुरा अस्पतालमा एक सुत्केरीको ज्यान जोगिएको छ ।

रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेकी जिल्लाको स्वामीकार्तिक गाउपालिका वडा नं. २ कि २६ वर्षिया सुबिस्था कडायतलाई शुक्रबार दिउसो धामीले एक प्वाइन्ट व पोजेटिभ रगत दिएर ज्यान जोगाईदिएकि हुन् ।

कडायतलाई सुत्केरी व्यथा लागेपछि उनका आफन्तहरुले २ दिन अघि मात्र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेका थिए । कोल्टीमा उनको उपचार सम्भव नभएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल बाजुरामा रिफर गरेको थियो ।

विज्ञापन

सुत्केरी हुनका लागि जिल्ला अस्पताल बाजुरामा पुगेकी उनको विहिबार साँझ अप्रेशन गरिएको थियो । अप्रेशन पश्चात सुत्केरी कडातलाई रगतको अभाव भएको थियो । उनलाई आवश्यक व पोजेटिभ रगत कतै नभेटिएपछि अस्पतालले उक्त रगत खोजेको थियो ।

रगत अभावमा अस्पतालमा सुत्केरी महिला छट्पटाई रहेको खबर पाएपछि उनलाई आवश्यक परेको रगत आफ्नो संग मिलेपछि आफुले रगत दिन तयार भएको विद्यार्थी नेता धामीले बताईन् ।

सुत्केरी महिलाकाे लागि अझै आवस्यक परेको उक्त रगत खोजि भइरहेकाे अस्पताल बाजुराले जनाएकाे छ ।

जिल्लामा रगतको अभावमा सुत्केरी महिलाहरु समस्यामा पर्दै आईरहेका छन् । जिल्लामा व्लड वैंक स्थापनाका लागि लाखौ रकम खर्च गरिएको भएपनि व्लड बैंकमा रगत संकलन हुन सकेको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार