होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले राजिनामा दिनुपर्छ
Breaking News

हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले राजिनामा दिनुपर्छ

  • नागरिक रैबार
हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले राजिनामा दिनुपर्छ

नागरिक रैबार/बाजुरा २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा हिमालीका नेताहरुले हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताएका छन् ।

स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमालीका नेताहरुले अध्यक्ष मल्लको राजिनामा माग गरेका हुन् ।

करोडौं रकमको डिल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि शुक्रबार मार्तडीमा पत्रकार सम्मेलन गर्दै नेकपा हिमालीका नेताहरुले स्थानीय सरकारको प्रमुखले यसरी विद्यालय जस्तो पवित्र संस्थाको भवन बनाउने योजनामा ठेकेदार संग बाग्रेनिङ्ग गरेको कुराले सिंगो हिमालीबासीहरुको नै बेइजत भएकोमा आपत्ति जनाएका छन् ।

विज्ञापन

अध्यक्ष मल्लले करोडौ रकमको ठेकेदार संग बागे्रनिङ्ग गरेको अडियो प्रमाणित भएपछि अव मल्लले नैतिकताका आधारमा सो पदबाट राजिनामा दिनु पर्ने हुन्छ नेकपा बाजुराका नेता अर्जुन रोकायाले पत्रकार सम्मेलनमा भने

हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विद्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन पैंसाको बागेनिङ्ग गरेको नेकपा हिमालीका नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार