होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका युवा सुचना केन्द्रको अवलोकन
देश/प्रदेश

बडीमालिका युवा सुचना केन्द्रको अवलोकन

  • नागरिक रैबार
बडीमालिका युवा सुचना केन्द्रको अवलोकन

जय बहादुर रावत/बाजुरा २१ ,फागुन । बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडिमालिका युवा सुचना केन्द्रको सेफ द चिल्ड्रेन टोलीले अवलोकन गरिएको छ ।

सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर सहितको टोली द्धारा बडिमालिका युवा सुचना केन्द्रको अवलोकन गरिएको हो ।सेफ द चिल्ड्रेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोग र बडिमालीका नगरपालिका र नगरस्तरिय युवा संजालको समन्वयमा बाजुरा जिल्ला भरीका सुचनाको पहुँचबाट टाढा रहेका युवाहरुलाई सुचना र समचारसंग जोडी, युवाहरुलाई विभिन्न रोजगारको अवसर प्रदान गर्ने उद्देश्यले बडीमालिका युवा सूचना केन्द्रको स्थापना गरिएको हो ।

स्थापना गरिएको यस युवा सुचना केन्द्रमा विभिन्न युवा लक्षित तथा सन्देश मुलक किताब तथा पत्रिकाको व्यबस्था गरि निरन्तर अध्ययन , युवाहरुले कम्प्युटर पढ्ने , टाइपिङ् , फोटोकपि , प्रिन्ट ,स्क्यानिङ, इमेल,इन्टरनेट ,फेसबुक ,सुचनापाटीमा सुचना हर्ने लगायतका विभिन्न सेवा दिदै आएको ,तथा युवा लक्षित विभिन्न कार्यक्रम गर्ने देखि लिएर हेलो युवा कार्यक्रम अन्तरगत टोल फ्रि नम्बरबाट युवाका गुनासा संकलन गरी युवाहरुलाई विभिन्न सुचना तथा जानकारी दिदै आइरहेका छ ।यस युवा सुचना केन्द्रको आज सेफ द चिल्ड्रेन क्षेत्रिय प्रोग्राम मेनेजर अरुण पौडेल ,सेफ द चिल्ड्रेनका मिडीया एण्ड डकुमेन्टेशन संयोजक अम्बीका प्रसाद तिमिल्सेना , युवा सुश्क्तीकरण बुल्गारी परियोजनाका कार्यक्रम प्रबन्धक रन्त ओझाले आज बाजुरामै पुगी यस युवा सुचना केन्द्रको अनुगमन गरेको युवा सुचना केन्द्रका प्रशिक्षक एवंम व्यबस्थापक जय रावतले बताउनु भएको छ ।

विज्ञापन

अनुगमनमा आएको सेफ द चिल्ड्रेनको टोलिले हाल सम्म राम्रो नमुना युवा सुचना केन्द्रका रुपमा चलिरहेको र अझै राम्रो बनाउन यस सुचना केन्द्रलाई आगामी दिनहरुमा बाजुराका युवाहरुलाई सुचनाको पहलमा जोड्का लागि आफुुबाट हुनुपर्ने र गर्नुपर्नुे सहयोग सबै गर्ने पनि बताउनु भएको छ । त्यसैगरी सुचना केन्द्र अनुगनमा आउनु भएको सेभ द चिल्डेनको टोलीलाई युवा संजालका सचिब लगायत अन्य पदाधीकारीबाट भब्य स्वागत सहित गरिएको हो । अनुगमन गदै यस्तै नमुना काम आगामी दिनमा पनि होस भन्ने सुझाब सहित धन्यवाद दिनुभएको युवा सुचना केन्द्रका प्रशिक्षक रावतले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार