होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सेनेटरी प्याड दिएपछि विद्यालयमा छात्राको संख्या बढ्दै
Breaking News

सेनेटरी प्याड दिएपछि विद्यालयमा छात्राको संख्या बढ्दै

  • नागरिक रैबार
सेनेटरी प्याड दिएपछि विद्यालयमा छात्राको संख्या बढ्दै

मदन वि.क./बाजुरा २७ फागुन । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ स्थित कोटबाडाकि १४ वर्षिया स्वस्तिका नेपाली कक्षा ८ मा नियमित अध्ययन गर्ने छात्रा हुन् । उनलाई सूरुमा महिनावारी हुँदा गाउँनजिकै रहेको विद्यालयमा जाने कि नजाने गएपनि कसरी कक्षामा बस्ने र पढ्ने भन्ने चिन्ताले सताउने गरेको थियो ।

सूरुमा महिनावारी हुँदा स्वस्तिका संगै विद्यालयमा जाने र महिनावारी भएकि किसोरीहरुलाई महिनावारी भएके बेलामा सधैं समस्या हुने गरेको थियो । तर अहिले यहाँका विद्यालयमा अध्ययनरत किसोरीहरुलाई महिनावारी हुँदा उनीहरुमा हुने चिन्ता घटेको छ ।

विज्ञापन

पहिले महिनामा तीन–चार दिन स्कुल आउँदैनथ्यौँ,’ कक्षा ८ मा अध्ययनरत छात्रा स्वस्तीका नेपलीले भनिन, ‘मानसिक तनावले पढ्ने अवस्था नै हुदैनथ्यो अहिले त सजिलो छ स्कुल छोड्नुपरेको छैन । नेपाली जस्तै कक्षा ८ मा अध्ययनरत छात्रा संगिता रावतले विद्यालयमा निशुल्क सेनेटरी प्याड दिएपछि महिनावारी हुँदा भोग्नुपर्ने तनावबाट मुक्त भएको बताइन ।

छात्राहरु महिनावारी भएको बेला शारिरीक समस्या हुने र पठनपाठनमै समेत असर परेको थियो । महिनावारीको समयमा छात्राहरु विद्यालय नै नआउने आएपनि कक्षा छाडेर घर फर्किने गरेका थिए राजेन्द्र आधारभुत निम्न माद्यमिक विद्यालयकी महिला शिक्षक प्रभु शाहले बताईन् ।

बुढीगंगा नगरपालिकाको राजेन्द्र निम्न माद्यामिक विद्यालयमा गुडनेवर्स इन्टरनेशनल नेपाल र पिसवीन बाजुराद्धारा संचालन भईरहेको सामुदायिक विकास परियोजना अन्तरगत विद्यालयमा महिनावारी स्वच्छता र व्यवस्थापन सम्वन्धि सेनेटरी प्याड, सौचालय, खानेपानी र महिनावारी भएकि छात्राहरुले प्रयोग गरिसकेको प्याडलाई व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गरेको महिला शिक्षक प्रभु शाहको भनाई छ ।

विद्यालयमा महिनावारी भएको बेला छात्राहरुका लागि सेनेटरी प्याड, महिनावरी हुँदा हुने समस्याका लागि आवश्यक औषधि, विद्यालयमै विरामी हुँदा आरामकक्षको व्यवस्था र महिनावारी हुँदा नियमित सरसफाईमा ध्यान दिनु पर्छ भनेर विद्यालयले विभिन्न जनचेतना जगाउँदै आएको छ । हाम्रो विद्यालयमा महिनावारी हुने छात्राहरुका लागि सेनेटरी प्याड देखि लिएर सरसफाईका सवै सामाग्रीहरु विद्यालयले उपलव्ध गराएपछि महिनावारी भएको बेला छात्राहरुको विद्यालयमा नियमितता बढेको राजेन्द्र निम्न माद्यमिक विद्यालयका प्रधानाध्यापक निर्गसिंह नेपालीले बताए ।

त्यस्तै बुढीगंगा नगरपालिकाकै थुमा मावि विद्यालयमा ६ देखि कक्षा १० सम्मका छात्राहरुले आफूहरु महिनावारी भएको समय निर्धक्कसंग विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । विद्यालयमा सेनेटरी प्याड, छात्राहरुका लाथि छुट्टै सौचालय र खानेपानीको उचित व्यवस्थापन भएपछि महिनावारी हुने छात्राहरु सधै विद्यालयमा उपस्थिति भएर कुनै किसिमको लाज नमानि सेनेटरी प्याड माग्ने गरेको थुमा माविका प्रधानाध्यापक पुर्ण खातीले बताएका छन् ।

विद्यालयमा विद्यार्थीहरुको पढाईमा आकर्षण बढाउन गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा पीसविन बाजुराद्धारा सँचालित सामुदायिक विकास परियोजनाले विद्यालयमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई महिनावारी स्वच्छता व्यवस्थापन र आपत्कालिन राहतका  साथै भाैतिक पुर्वाधार निर्माण, कम्युटर लगायत सामाग्री  उपलव्ध गराउँदै आएको गुड नेवर्स इन्टरनेशनल नेपालका बाजुरा जिल्ला संयोजक खडक बोहराले बताएका छन् । त्यस्तै गिफ्ट बाजुराले सामुदयिक विकास परियोजना अन्तरगत जिविकोपार्जन अन्तरगत सहकारीम घुम्तिकोष र कृषकहरुलाई विभिन्न किसिमका आयमुलक तालिमहरु प्रदन गरिरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार