होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • समृद्धिको नेतृत्व माओवादी केन्द्रबाट मात्र सम्भव: पुर्व मन्त्री मगर
देश/प्रदेश

समृद्धिको नेतृत्व माओवादी केन्द्रबाट मात्र सम्भव: पुर्व मन्त्री मगर

  • नागरिक रैबार
समृद्धिको नेतृत्व माओवादी केन्द्रबाट मात्र सम्भव: पुर्व मन्त्री मगर

राजेन्द्र विक बाजुरा,१८ बैशाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सह-इन्चार्ज तथा पुर्व खानेपानी मन्त्री बिना मगरले नेपालको समृद्धि माओवादी केन्द्र बाट मात्रै सम्भव भएको बताउनु भएको छ।

माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समितिको २ महिने रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र बाजुरा जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम मार्तडिमा संचालन भएको अभिमुखिकरण कार्यक्रममा बोल्नु हुँदै पुर्व मन्त्री मगरले देशलाइ विकास र समृद्धिको मार्गमा अगाडि बढाउन माओवादी नेतृत्व बाहेक अरु पार्टी बाट सम्भव नभएको बताउनु भएको हो।

देशको आमूल परिवर्तनका लागि लडेर आएको पार्टी माओवादी  भएकाले जनताको मर्म र भावना पनि माओवादीलेनै बुझ्ने र त्यसलाइ सम्बोधन पनि माओवादीलेनै गर्ने भएकाले बिचलित नहुन कार्यकर्तालाइ आग्रह गर्नुभएकी नेतृ मगरले हालको सरकारले देश र जनताको पक्षमा कठोर बनेर काम गरिरहेको दाबी गर्नुभयो।

विज्ञापन

शुसासनकाका पक्षमा हाल सम्मकै उत्कृष्ट काम गरिरहेको प्रचण्ड नेतृत्वको सरकारले  नयाँ बजेट मार्फत जनतामा नयाँ रक्तसञ्चार गर्ने र आशा जगाउने काम गर्नेमा बिस्वस्त हुन जिल्ला स्थित नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।

बाजुराको माओवादी  पार्टिलाइ नयाँ उचाइमा विकास गर्न नेतृत्वमा रहेका नेताहरुले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर जनताको मन जित्ने गरि काम गर्नु पर्ने कुरामा जोड दिनु भएकी माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत रहनु भएकी पुर्व मन्त्री मगरले  आफू पार्टी निर्माण तथा समग्र बाजुरा जिल्लाको विकासका लागि सकिने पहल गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि