होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जन्म दिनमा सुनारले गरे अनाथलाई शैक्षिक सामाग्री सहयोग
Breaking News

जन्म दिनमा सुनारले गरे अनाथलाई शैक्षिक सामाग्री सहयोग

  • नागरिक रैबार
जन्म दिनमा सुनारले गरे अनाथलाई शैक्षिक सामाग्री सहयोग

रामबहादुर वि.क./बाजुरा २७ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ३ पुर्वताका मदन कुमार सुनारले जन्मदिनको अवसरमा कन्सन बाजुरामा रहेका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

विगतका वर्षहरुमा घरमै सामान्य तरिकाले जन्मदिन मनाउँदै आएका सुनारले मगलबार परेको आफ्नो जन्मदिनको अवसर पारेर कन्सन बाजुरामा रहेका १३ जना अनाथ बालवालिकाहरुका लागि शैक्षिक सामाग्री र फलफुल वितरण गरेका हुन् ।

सुनारले मगलबार कन्सन बाजुरामा रहेका अनाथ बालवालिकाहरुसंग रमाउँदै जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा अनाथ आश्रममा पुगेर त्यहाँ रहेका बालवालिकाहरुलाई कापी, कलम र फलफुल सामागी वितरण गरेका हुन् ।

विज्ञापन

सुनारले जन्म दिनमा अन्य फजुल खर्च गरेर रकम खर्च गर्नुभन्दा अनाथ बालबालिकाहरुका लागि केही दिनका लागि भएपनि शैक्षिक सामाग्रीले पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यले अनाथ बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको बताएका छन् । उनले आगामी दिनहरुमा पनि सामाजिक सेवामा निरन्तर लागिरहने बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार