होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जीवन कुमार कैला/कोल्टी २३ कार्तिक। नेकपा बुढीनन्दा नगर संगठन कमिटिको प्रथम बैठक काेल्टीमा शनिवार सम्पन्न भएको छ । बैठकले पाँच सदस्यीय कार्यालय समेत गठन गरेको छ । जसमा अध्यक्ष जंगविर रोकाया, सचिव हिम्मत वड, र तुलाबहादुर मल्ल, शुकविर कडारा र सतविर बोहोरा सदश्य रहने गरी कार्यालय गठन गरेको बताईएको छ । जसमा पुर्व एमाले बाट […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिका ८ पाण्डुसेनस्थित उव्जन रावतको पसलमा जुवा खेलीरहेका १४ जना जुवाडेलाई कोल्टी प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति ईलाका प्रहरी कार्यालय बुढीनन्दा बाजुराबाट खटिएको प्रहरी टोलीले बुढीनन्दा नगरपालिका वडा नं. ८ पाण्डुसैन स्थित उब्जन रावतको पसलमा जुवातास खेलिरहेका बेला जुवातासको खालबाट ७६ हजार ४ सय तीस नगदसहित जुवाडेलाई […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बुढीनन्दा नगरपालिका द्धारा आयोजित प्रथम मेयर कप फुटवलको उपाधि सुर्यतारा फाउण्डेसनले जितेको छ । जनप्रकाश मावि कोल्टीको प्राङ्गणमा विहिबार भएको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय बाजुराको टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सूर्यतारा फाउण्डेसन प्रथम मेयर कपको विजेता बन्न सफल भएको हो । उपाधिसंगै फाउण्डेसनले १ लाख ५५ हजार ५ सय […]
प्रेम बहादुर विक/बाजुरा ५ कार्तिक। बाजुरा जिल्लाको पोरखे लेकको विवाद अझै टुङ्गीएको छैन् । दुईवटा स्थानीय तहकोबीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षण विहीन बनेको हो । जिल्लाको उत्तरतिर बुढिनन्दा नगरपालिकाको वडा नं. ९ र दशको चलन चल्तिको क्षेत्र पर्दछ । दक्षिणतर्फ बडीमालिका नगरपालिका वडा नं. ७ अर्थात सदरमुकाम मार्तडीको बासिन्दाको […]
नागरिक रैबार/बाजुरा २ कार्तिक। रेडियो बुढीनन्दामा कार्यरत पत्रकार मोहन कार्कीमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रेस विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ । नेपाल पत्रकार महाँसघ बाजुराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो बुढीनन्दामा कार्यरत कार्यरत पत्रकार कार्कीमाथिको हमलाको निन्दा गरेको हो ।महाँसंघले एक जना कलमजीवी पत्रकारमाथि साँघातिक हमला […]
नागरिक रैबार/कोल्टी ३० असाेज। बुढीनन्दा नगरपालिकाले आयोजना गरेको मेयर कप फूटवल प्रतियोगिताको दोस्रो दिन आज सात वटा खेल सम्पन्न भएका छन । कुल २४ वटा टिमले सहभागिता जनाई रहेको सो प्रतियोगिताको अन्तीम खेलमा आज गौमूल फूटवल क्लवले जया फाउन्डेसन लाटुवस्ती माथि ३–० को जित निकालेको छ । त्यस अघि साइनिङ्ग स्टार र सुर्यतारा फाउन्डेसनका विच […]
नागरिक रैबार/ बाजुरा ३० असोज। बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ मदिरा सेवन गरेर कोल्टीबजारमा होहल्ला गरिरहेका बुढीनन्दा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नृपराज खत्री सहित ९ जनालाई पक्राउ गरिएको कोल्टीबाट प्रहरी सहायक निरिक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् । […]
नहकुल जोशी/कोल्टी २५ असाेज। नेकपा बुढीनन्दा नगर कमिटीका सदस्यहरुले सफथ ग्रहण गरेका छन् । नेकपा बुढीनन्दाले आयोजना गरेको सपथ ग्रहण तथा सुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा बाजुराका अध्यक्ष कालिवहादुर शाहीले सपथ नगर कमिटीका सदस्यहरुलाइ सपथ खुवाएका हुन् । नेकपा बुढीनन्दाका अध्यक्ष जंगविर रोकाया सहित ८१ जना पदाधिकारीले सपथ लिनुभएको छ । […]
नागरिक रैबार/कोल्टी १६ बाजुरा। विजया दशमी तथा शुभदिपावली २०७६ को पावन अवसरमा कोल्टीमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । नागरिक सरोकार मंच बाजुरा र रेडियो बुढीनन्दाको सयुंक्त आयोजनामा उक्त कार्यक्रम विहिबार बुढीनन्दा नगरपालिका २ कोल्टीस्थित शिवपार्कमा गरिएको हो । नागरिक सरोकार मंच बाजुराका अध्यक्ष जनेश भण्डारीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व […]
नागरिक रैबार/ बाजुरा ९ असाेज । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन भएको एक महिना भएको छ । बाजुराको पुर्विउत्तरी क्षेत्रका चारवटा स्थानिय तहको मुट्काे रुपमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर बिहिन बनेको महिनौं दिन हुदा पनि स्थानिय सरकार बेखवर बनेको स्थानियले आरोप लगाएका छन् । प्राथामिक स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
नागरिक रैबार/भाद्र २६ बाजुरा। जिल्ला अस्पताल बाजुरामा एक महिनामा दुई सुत्केरी महिलाको अकाल मै मृत्यु भएको छ । भदौ ७ गते बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको मृत्यु भएको थियो । बसन्ती मृत्यु भएको १८ दिनपछि पुनः भदौ २५ गते साँझ बुढीनन्दा नगरपालिका वडा नं १० कि ३५ वर्षिया निर्मला बोहोराको […]
महेश कार्की/कोल्टी १२ भदाै। बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ । से १ ज १०६४ नम्बरको जीप विहिबार बुढीनन्दा गरपालिका १ मटेला गाउँ नजिकै को ओरालोमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा हिमाली गाउँपालिका नदापाटा निबासी बर्ष १७ कि सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका […]
नागरिक रैबार/बाजुरा २ भदौ । सहयोगी हातहरुको समूह (सहास) नेपालले बाजुरामा २४ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वि.स. २०५३ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहास नेपालले आफ्नो २४ औं वार्षिकोत्सव बाजुरामा पनि भव्यताका साथ मनाएको हो । सहास नेपालले २४ औ बार्षिक उत्सवको अबसरमा बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल […]
नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनमा प्रहरी माथि हातपात भएको छ । आईतबार सोही वडाका गाउँलेका पीडा बुझ्न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली खटिएको थियो । गाउँलेका गुनासाहरु सुन्न र मदिरा चेकजाँचका लागि कोल्टीबाट खटिएको प्रहरीको टोली माथि त्यहाँका स्थानीयले उल्टै हातपात गरेका छन् । घटनाबारे थप जानकारी […]
नागरिक रैबार/ बाजुरा १२ असार। ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अबैध जडिवुटी सहित दुई जनालाई पक्राउ गरेको छ । विहिबार दिउसो कोल्टी बाजुराबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरीको टोलीले बुढीनन्दा नगरपालिका ५ विरसेन बस्ने अंगराज पाध्यायको घरमा लुकाई छिपाई राखेको अवस्थामा अबैध जडिवुटी सेतक चिनि, कटुक, सुगन्धवाल लगायतको अबैध जडिवुटी बरामत […]
धर्मराज सुनार/बाजुरा २ असार। बुढीनन्दा नगरपालिकाको कोल्टीमा मुक्त हलियाको वर्तमान अवस्था र समस्याका बारेमा नगरपालिका भित्रका सरोकारवाला निकाय वीच छलफल गरिएको छ । मुक्त हलियाको न्यायिक पुर्नस्थापन हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ छलफल कार्यक्रम कोल्टीमा गरिएको हो । स्थानीय तह र सरोकारवालालाइ हलियाको सवालमा साझा बुझाइ गराउने […]
अनिल शाही/ नागरिक रैबार बाजुरा ३२ जेठ । रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी कोल्टीमा आयोजना गरिएको हो । शनिबार कोल्टीमा आयोजना गरिएको सो गोष्ठीमा स्थानिय रैथाने बालीको महत्व, त्यसको प्रयोगले स्वास्थ्यमा पर्ने प्रभाव, पोषणको अवस्था लगायतका विषयमा जानकारी प्रदान गरिएको हो । […]