होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • महिनाैदेखि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन
समाज

महिनाैदेखि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन

समायोजन पछि को डाक्टर आउछ थाहा छैन: कार्यालय प्रमुख विश्वकर्मा

  • नागरिक रैबार
महिनाैदेखि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन

नागरिक रैबार/ बाजुरा ९ असाेज ।  बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन भएको एक महिना भएको छ । बाजुराको पुर्विउत्तरी क्षेत्रका चारवटा स्थानिय तहको मुट्काे रुपमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर बिहिन बनेको महिनौं दिन हुदा पनि स्थानिय सरकार बेखवर बनेको स्थानियले आरोप लगाएका छन् ।

प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत डा गणेश चौधरी चिकित्सकको समायोजनमा सरुवा भएर गएपछि कोल्टी डाक्टर विहिन बनेको हो । डाक्टर चौधरी समायोजनको पत्र लिएर गएपछि डाक्टर बिहिन भएको पत्राचार भए पनि नयाँ चिकित्सक आउने नआउने भन्ने बारे अहिले सम्म कुनै टुङगो लाग्न नसकेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताउनुभयो ।

समायोजन भएर संघबाट आउने भनियता पनि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी कसैको रोजाईमा नपरेका कारणको आउछ, के आउछ भन्ने बारेमा अन्यैाल भएको डाक्टर बिश्वकर्माले बताउनुभएको छ ।

विज्ञापन

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र स्थानिय तह अन्र्तगतको माताहातमा रहने हुदा स्थानिय सरकारले करारमा भर्ना गरेर सेवा दिन सक्ने बताईएको छ । स्वास्थ्य केन्द्रमा भएका डाक्टर पनि समायोजन भएर जादा नयाँ डाक्टर ल्याउन पहल नहुदा जिल्लाका पुर्विउत्तरी क्षेत्रका चारवाटा स्थानिय तहका साथै हुम्ला, मुगु, कालिकोटका स्थानियले सेवा पाउन सकिरहेका छै्रनन ।

महिनौं दिन सम्म डाक्टर नआउदा यहाँका स्थानिय र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टरको प्रखाईमा रहेका छन । स्वास्थ्य केन्द्रमा चिकित्सक नहुदा अहिले जटिल खालका प्रसुति केश लगाायतका बिरामी लाई जिल्ला अस्पताल मार्तडी, नेपालगञ्ज लगायत सुबिधा सम्पन्न ठाउमा रिफर गर्नुपरेको अहेव लोकेन्द्र प्रसाद जोशिले बताउनुभएको छ ।

डाक्टर र औषधि उपकरण अभावले कोल्टीमै सन्चो हुने बिरामी पनि महंगो हवाई भाडा तिरेर नेपालगञ्ज जानुपर्ने बाध्यता आएको नागरीक सेवा सरोकार मञ्च संयोजक जनेश भण्डारीले गुनासो गर्नुभयो । हुनेखाने त प्लेन चढेर सुबिधा सम्पन्न ठाँउमा गएर उपचार गरेपनि आर्थिक स्थिति कमजोर हुनेका लागि सकस हुने गरेको संयोजक भण्डारीले बताउनुभयो ।

गाउमा भाईरल पनि उत्तिकै फैलिएको छ, दिनमा ७० बढी बिरामी उपचारका लागि आउछन, हामिले समयमा उपचार दिन नसक्दा बिरामी निजि मेडिकल र जिल्ला अस्पताल पठाउने गरेको अहेव जोशिले बताउनुभयो ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी भने स्टाफ नर्स गंगा खत्रि र अहेव लोकेन्द्र प्रसाद जोशिको भरमा चलिरहेको छ । उक्त स्वास्थ्य केन्द्रमा डाक्टर बिहिन भएको एक महिना बिति सक्दा पनि नगरपालिकाले डाक्टर ल्याउने नसकेकोे नागरीकको गुनासो छ ।

स्थानिय सरकार आईसकेपछि जनताका आधारभुत आवश्यक्ता पुरा होलान भन्ने आसमा रहेका जनताले शिक्षा, स्वास्थ्य, संञ्चार, बिधुत, खानेपानी र सडक लगायतका थुर्पैै समस्या बाट बन्चित हुनुपरेको नागरीक अगुवाकर्मिको भनाई छ ।

श्राेत:रेडियो बुढीनन्दाबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार