होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • विवादमा पोरखे लेक
बाजुरा बिशेष

विवादमा पोरखे लेक

  • नागरिक रैबार
विवादमा पोरखे लेक

प्रेम बहादुर विक/बाजुरा ५ कार्तिक। बाजुरा जिल्लाको पोरखे लेकको विवाद अझै टुङ्गीएको छैन् । दुईवटा स्थानीय तहकोबीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षण विहीन बनेको हो । जिल्लाको उत्तरतिर बुढिनन्दा नगरपालिकाको वडा नं. ९ र दशको चलन चल्तिको क्षेत्र पर्दछ । दक्षिणतर्फ बडीमालिका नगरपालिका वडा नं. ७ अर्थात सदरमुकाम मार्तडीको बासिन्दाको चलन भोगमा पर्दछ ।

अहिले त्यो पोरखे गडीमा बुढीनन्दा नगरपालिका वडा नं नौ र १० का स्थानीय र बडीमालिका नगरपालिका वडा नं ७ का स्थानीयहरुवीच सिमानाका विषयमा निकै विवाद चुलिएको छ । जिल्लाको सदरमुकाम मार्तडीबाट दोस्रो व्यापारिक केन्द्र कोल्टी हुँदै कर्णाली करिडोर पुग्ने मुल सडक यहीँ पोरखे लेक काटेर जान्छ । दुईवटा नगपालिका जोड्ने सो क्षेत्र प्रयटकीय दृष्ट्रिकोणबाट निकै रमणीय छ । यसले जिल्लाको पहिचान समेत बोकेको यहाँका स्थानीय लाकेन्द्र रोकायाले बताउँनु भएको छ ।

‘पोरखे लेक’ जिल्लाकै रमणीय तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र मानिन्छ । पोरखेमा एकदमै घना बन जंगल तथा विभिन्न खाले जडिबुटी पाईने ठाउँ रहेको छ । यो क्षेत्र मार्तडी कोल्टी सडकखण्ड अन्तरगत पर्ने भएकाले यात्रुहरु गाडी चढेर जान सजिलो भएपनि पैदल यात्रा गरि दृष्यावलक गर्न रुचाउने गर्दछन् । यो क्षेत्रले विभिन्न किसिमको सम्भावना बोकेकाले दुईवटा स्थानीय तहको स्वार्थ बाझिँदा विवाद भएको हुन सक्ने नागरिक अगुवाहरुको भनाई छ ।

विज्ञापन

सिमानामा बडीमालिका नगरपािलका वडा नं ७ का स्थानीयहरु र बडीमालिका नगरपलिकाले पोरखे लेकको ‘पानी ढलो’ को सिमाना आफ्नो हो भन्नेदाबी गरेका छन् । भने बुढीनन्दा नगरपािलका वडा न. १० का स्थानीयहरुले भने आफुले पोरखे लेक क्षेत्रको पोरखे गडीभन्दा करिब ५ किलोमिटर भन्दा तल किमडी खोलासम्म आफुले पहिलेदेखि नै भोगचलन गर्दै आएको र अहिले पनि त्यो सिमानासम्म आफ्नो नै भोगचलन भएको दाबी गरिरहेका छन् ।

पहिला बुढापाकाहरुले नजिकै गाउँघर हँुदा बर्खाको समयमा गाई भसी चराउन लिन लगायतका कामहरु गर्ने गरेकाले अहिलेका पुस्ताले पनि त्यो आफ्नो नै भनि दाबी गरेको र बुढीनन्दा नगरपलिका वडा नं १० भित्रै सो क्षेत्र परेको बुढीनन्दा नगरपािलका १० का स्थानीय तेजबहादुर रावतले बताउँनु भएको छ ।

बडीमालिका नगरपािलका वडा नं ७ वयवृद्ध गोरख रोकायाले भने आफुहरुले सम्झेदेखि ने भासुपातलदेखि ९ हजार २ सय ३३ वर्गा किलोमिटरको सामुदायिक वननै आफुहरुले भोगचलन गर्देै आएको बताउँनु भएको छ । उहाँले भन्नु भयो बुढीनन्दा नगरपािलका वडा नं १० का स्थानीय बासिन्दाहरुले आफुहरुले कालाजग्रा सामुदायिक वनमा वृक्षारोपण गरेपनि उखेलेर फाल्ने गरेको वनमा जथाभावी गाई भैसी चराएर भाड्ने गर्दै आएका छन् । यसका लागि आफुहरुले सम्बन्धित स्थानीय तहलाई जानकारी गराएको भएपनि नगरपािलकाले खासै वास्ता नगेको बताउँनु भएको छ ।

कालाजग्रा सामुदायिक वनका अध्यक्ष लोकेन्द्र बहादुर रोकायाले तीन वर्षसम्म वनमा १६ सय बढी विरुवा रोपेको भएपनि बुढीनन्दा १० का स्थानीयहरुले जोगिनै नदिएको उहाँले बताउँनु भएको छ । अहिले पनि त्यहाँका स्थानीयहरुले आफ्नो भोगचलन गरेको क्षेत्र भनेर जथाभावी जडिबुटी पनि निकासी गर्ने गरेको गुनासो गर्नुभयो ।

सम्बन्धित स्थानीय तहले भने सिमाना विवादको विषयमा जिल्ला समन्वय समितिको अधिकार रहने भएकाले आफुहरुले केही बोल्न नसकेको बताएका छन् । बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले भन्नु भयो पहिलेका पुर्खाहरुले पानीढलोको सिमाना गर्ने भएकाले नगरपलिकाले पनि त्यही पुरानै सिमाना कायम गर्ने खोजेको हो । यसै कुरालाई दोहो¥याए वडा नं ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले पनि ।

उहाँले थप्दै बडीमालिका नगरपािलका वडा न. ७ ढम्कनेका स्थानीयहरुले पनि पहिलेदेखि सो क्षेत्रको पोरखे गडीसम्म आफुले नै भोगचलन गर्दै आएको र पोरखेसम्म नै कालाजग्रा समादायिक वनका नाममा ढम्कनेका स्थानीयहरुले सामुदायिक वन नविकरण गर्दै भोगचलन गर्दै आएकाको कुरा प्रष्ट्याउँनु भयो ।

बडीमालिका नगरपालिकाले पर्यटकीय क्षेत्र पोरखेको पर्वद्धनका लागि २०७५ फागुन महिनामा गन्तव्य पोरखे भनि कार्यक्रम संचालन गर्यो । सोही बेला नगरपािलकाले बडीमालिका नगरपालिका पाश्रोचित्र झल्कीने गरी साइन बोर्ड राख्यो तर सोही समयमा बुढीनन्दा नगरपालिका र बडीमालिका नगरपलिकावीच निकै विवाद भयो । यहाँसम्म कि दुबै क्षेत्रका बासिन्दाको आपसमा हातहालसमेत भयो ।

त्यो बेला जिल्ला समन्वय समितिका नरेन्द्र रोकायाले पछि बसेर विवाद समाधान गर्ने भन्नु भएपछि एक वर्षसम्म पनि त्यो विषयको कुरो फेरि कतै देखिएन । स्थानीयले भने अझै वनको सिमानाको विषयमा दिनदिनै झमेला गरिरहेका छन् । सरकारी निकाय मालपोत तथा नापी कार्यालय भने यो विषयमा निकै मौन देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार