होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण
Breaking News

रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण

  • नागरिक रैबार
रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण

अनिल शाही/ नागरिक रैबार बाजुरा ३२ जेठ । रैथाने बालीको प्रवद्र्धन गर्न कोल्टीमा अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी कोल्टीमा आयोजना गरिएको हो ।
शनिबार कोल्टीमा आयोजना गरिएको सो गोष्ठीमा स्थानिय रैथाने बालीको महत्व, त्यसको प्रयोगले स्वास्थ्यमा पर्ने प्रभाव, पोषणको अवस्था लगायतका विषयमा जानकारी प्रदान गरिएको हो ।
रैथाने बाली कोदो, जौ, फापर, चिनो, कागुनु, मार्से र जुनेलो जस्ता बालीहरुलाई हेला गरेर प्रयोग नगर्दा त्यसबाट प्राप्त हुने विभिन्न किसिमका पोषण युक्त खाने कुराहरु खान बाट बन्चीत हुनुपरेको बताइएको छ । सो कार्यक्रमको सहजीकरण गर्नु भएका कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मिनप्रसाद जैसीले आधुनिकता र बजारीकरणको नाममा यस्ता पोषिला खानेकुरालाई खान छोडेको बताएका छन् ।
बाजुराले झण्डै ९० प्रतिशत ब्यापार बाहिरको सामानले गरिरहेकोले बाजुराको उत्पादनले महत्व पाउन नसकेको जैशीले बताए ।
विश्वकै सवैभन्दा पुरानो बालीका रुपमा चिनोको खेती गरिएको भए पनि अहिले त्यसको सेवन गर्न छोडिएको ओ मेगा थ्री जस्तो तत्व पाउने फापर र मार्सेको खेत ीगर्नै छोडेकोले अव त्यस्ता बालीको संरक्षण गर्नु पर्ने र सेवनको वानी बसाल्नु पर्ने उनको भनाई छ ।
महिला सहकारीको हलमा सम्पन्न भएको सो गोष्ठीमा हाल सरकारले पनि रैथाने बालीको प्रयोगलाई जोड दिएको र रैथाने वाली प्रवद्र्धन तथा संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ बनाई हाल लम्जुङ, हुम्ला र बाजुरा जिल्लामा पाइलट प्रोजेक्टका रुपमा काम गरिरहेको बताइएको छ ।
गोष्ठीमा सरकारको पाइलट प्रोजेक्ट अन्र्तगत बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं तीन छनौट भएको जानकारी प्रदान गरिएको छ । गोष्ठी कार्यक्रममा वडा नं २ का अध्यक्ष भिमबहादुर कार्की सहित जनप्रतिनिधिहरु, अगुवा कृषक, कृषि अधिकारीहरु र पत्रकारको उपस्थिति रहेको थियो ।
कृषि विकास शाखा कोल्टीका दिपक कार्कीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण कृषि प्रसार अधिृकत मिनप्रसाद जैसीले गर्नुभएको थियो । कृषि शाखा प्रमुख घमण्ड भारतीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने कृषि प्रसार अधिकृत जयलाल दानीले सो गोष्ठीको समापन गर्नु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार