होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बुढीनन्दा मेयरकपको दोस्रो दिन ७ वटा खेल
खेलकुद

बुढीनन्दा मेयरकपको दोस्रो दिन ७ वटा खेल

  • नागरिक रैबार
बुढीनन्दा मेयरकपको दोस्रो दिन ७ वटा खेल

नागरिक रैबार/कोल्टी ३० असाेज। बुढीनन्दा नगरपालिकाले आयोजना गरेको मेयर कप फूटवल प्रतियोगिताको दोस्रो दिन आज सात वटा खेल सम्पन्न भएका छन । कुल २४ वटा टिमले सहभागिता जनाई रहेको सो प्रतियोगिताको अन्तीम खेलमा आज गौमूल फूटवल क्लवले जया फाउन्डेसन लाटुवस्ती माथि ३–० को जित निकालेको छ ।

त्यस अघि साइनिङ्ग स्टार र सुर्यतारा फाउन्डेसनका विच भएको खेलमा सुर्यतारा फाउन्डेसनले फाराकिलो जित निकालेको छ । सुर्यताराका लागि उमेश रेग्मीको २ गोलमा ४ –० को जित निकालेको छ । त्यस्तै मल्ल ब्रोदर्श छातिकोटले बुढीनन्दा युवा क्लव संग १–० को जित निकालेको छ ।

विहिबार विहानका चार खेलमा भिएवाईसी र जगन्नाथ विचको खेल ० को बरावरीमा सकिएको थियो भने आरएसवाईसी र क्रियटर एकेडेमिका विच भएको खेल पनि .१÷१को बरावरीमा रोकिएको थियो । त्यस्तै नेपाल प्रहरी बाजुरा र स्वामीकार्तिक ए का विच भएको खेलमा नेपाल प्रहरी बाजुराले ३–० को जित निकालेको छ भने विहानको अन्तीम खेलमा राइजिङ्ग सनले न्यु स्टार माथि १–० को जित निकालेको छ ।

विज्ञापन

लिग चरणमा ८ वटा समूहका खेलहरु अहिले भई रहेका छन । प्रत्यक समूहमा ३÷३ वटा समूह रहेको तिन टिम मध्य समूह विजेता र उपविजेता टोलीले टप १६ मा स्थान बनाउने छन । मेयर कप फूटवल प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ रुपैया उपविजेताले ८८ हजार ८८८ रुपैया ट्रफि र मेडल प्राप्त गर्ने आयोजकल जनाएकाे छ । रेडियो बुढीनन्दाबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार