होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाउँलेका पीडा बुझ्न गाउँमा गएका प्रहरीमाथि उल्टै हातपात
समाचार

गाउँलेका पीडा बुझ्न गाउँमा गएका प्रहरीमाथि उल्टै हातपात

  • नागरिक रैबार
गाउँलेका पीडा बुझ्न गाउँमा गएका प्रहरीमाथि उल्टै हातपात

नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनमा प्रहरी माथि हातपात भएको छ । आईतबार सोही वडाका गाउँलेका पीडा बुझ्न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली खटिएको थियो । गाउँलेका गुनासाहरु सुन्न र मदिरा चेकजाँचका लागि कोल्टीबाट खटिएको प्रहरीको टोली माथि त्यहाँका स्थानीयले उल्टै हातपात गरेका छन् ।
घटनाबारे थप जानकारी लिन र समाचार संकलन गर्नका लागि पुगेका नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष र सदस्य लक्ष्मीराज पाध्याय समेतलाई स्थानीयहरुले हातपात गरेका छन् । महासंघका अध्यक्ष सिंह र सदस्य पाध्यायलाई घटनास्थलको फोटो र भिडियो नलिन भन्दै उनीहरुमाथि हातपात भएको बुझिएको छ ।
पाण्डुसेनमा मदिरा सेवन गरि समाजलाई असर पर्ने गरि होहल्ला गरिरहेका स्थानीयहरुलार्य प्रहरीले नियन्त्रणमा लिन खोजेपछि मदिरा सेवन कर्ता पक्षका स्थानीय महिला पूरुष मिलेर प्रहरीलाई डेढ घण्टा घेराबन्दी बनाईएको जिल्ला प्रहरी कार्यालय बाजु्राले जनाएको छ ।
गाउँलेहरुले प्रहरीलाई नै घेराबन्दी बनाएपछि कोल्टीबाट थप प्रहरी खटाएर मदिरा सेवन गरेर होहल्ला गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन् ।
जिल्लामा पछिल्लो समयमा प्रहरीले घरेलु मदिरालाई नियन्त्रण गर्न तिव्र अभियान संचालन गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार