होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • कोल्टीमा शुभकामना आदान–प्रदान कार्यक्रम
धर्म / संस्कृति

कोल्टीमा शुभकामना आदान–प्रदान कार्यक्रम

  • नागरिक रैबार
कोल्टीमा शुभकामना आदान–प्रदान कार्यक्रम

नागरिक रैबार/कोल्टी १६ बाजुरा। विजया दशमी तथा शुभदिपावली २०७६ को पावन अवसरमा कोल्टीमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
नागरिक सरोकार मंच बाजुरा र रेडियो बुढीनन्दाको सयुंक्त आयोजनामा उक्त कार्यक्रम विहिबार बुढीनन्दा नगरपालिका २ कोल्टीस्थित शिवपार्कमा गरिएको हो ।

नागरिक सरोकार मंच बाजुराका अध्यक्ष जनेश भण्डारीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व संविधान सभा सदस्य एंव पुर्व राज्यमन्त्रि कर्णबहादुर विक रहेका थिए ।

विज्ञापन

यसै गरि नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य अजबहादुर मल्ल विशिष्ट अतिथि रहेका थिए भने कार्यक्रमको संचालन पत्रकार नहकुल जोशीले गरेका थिए । कार्यक्रममा बडा दशैं तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार