होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अबैध जडिबुटी सहित दूई जना पक्राउ
समाचार

अबैध जडिबुटी सहित दूई जना पक्राउ

  • नागरिक रैबार
अबैध जडिबुटी सहित दूई जना पक्राउ

नागरिक रैबार/ बाजुरा १२ असार। ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अबैध जडिवुटी सहित दुई जनालाई पक्राउ गरेको छ ।
विहिबार दिउसो कोल्टी बाजुराबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरीको टोलीले बुढीनन्दा नगरपालिका ५ विरसेन बस्ने अंगराज पाध्यायको घरमा लुकाई छिपाई राखेको अवस्थामा अबैध जडिवुटी सेतक चिनि, कटुक, सुगन्धवाल लगायतको अबैध जडिवुटी बरामत गरेको हो ।


प्रहरीले अंगराज पाध्यायको घरबाट लुकाई छिपाई राखेको अवस्थामा सेतक चिनि, कटुक, सुगन्धवाल करिब १४ बोरा ४ सय ६३ केजि अवैध जडिवुटी सहित बरामत गरेको हो ।
प्रहरीले अवैध जडिवुटी सहित २ जना ठेकेदार बाँके जिल्लाको कोहलपुर नगरपालिका १० का ३८ बर्षिया गगन राना र सोही जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. २ का ४५ वर्षिया नारद गिरि र बुढीनन्दा नगरपालिका वडा नं. ४ का १२ जना भरियालार्ई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अबैध रुपमा बरामत गरिएको उक्त जडिवुटी सहित दुई जना ठेकेदार र अन्य १२ जना भरियाहरुलाई प्रहरीले नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार