होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बुढीनन्दा प्रथम मेयरकप फुटबलकोे उपाधि सुर्यतारा फाउण्डेनलाई
खेलकुद

बुढीनन्दा प्रथम मेयरकप फुटबलकोे उपाधि सुर्यतारा फाउण्डेनलाई

  • नागरिक रैबार
बुढीनन्दा प्रथम मेयरकप फुटबलकोे उपाधि सुर्यतारा फाउण्डेनलाई

नागरिक रैबार/बाजुरा ७ कार्तिक। बुढीनन्दा नगरपालिका द्धारा आयोजित प्रथम मेयर कप फुटवलको उपाधि सुर्यतारा फाउण्डेसनले जितेको छ ।
जनप्रकाश मावि कोल्टीको प्राङ्गणमा विहिबार भएको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय बाजुराको टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सूर्यतारा फाउण्डेसन प्रथम मेयर कपको विजेता बन्न सफल भएको हो ।

उपाधिसंगै फाउण्डेसनले १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको हो । त्यस्तै उपविजेता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले ८८ हजार ८ सय ८८ नगद सहीत प्रमाण पत्र, मेडल र ट्रर्फि हात पारेको छ ।

विज्ञापन

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी भने विजेता सूर्यतारा फाउण्डेसनका जीवन नेपाली घोषित भएका छन् ।यस्तै अनुशासीत टिमका रुपमा क्रियटर जोन ऐकेडेमी सम्मानित भएको छ । त्यसै गरि आयोजकले सहभागि सवै टिमहरुको उत्कृष्ठ टिम व्यवस्थापकको रुपमा नेपाल प्रहरीका व्यवस्थापक एंव जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनकराज ढुंगानालाई घोषित गरेको छ ।

खेलमा उत्कृष्ट टिम कोचका रुपमा हेमराज थापा सम्मानीत भएका छन् । असोज २८ गतेबाट सुरु भएको खेल विहिबार सम्पन्न भएको हो । प्रथम बुढीनन्दा नगरपालिका मेयर कप बाजुरा जिल्लामै सबैभन्ढा ठुलो धनराशी पुरस्कारकाे व्यवस्था भएको फुटबल प्रतियोगिता हो । खेलमा बाजुरा जिल्ला लगायत छिमेकि जिल्लाका समेत गरि २४ वटा खेलाडीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार