होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बुढीनन्दा नगर कमिटीकाे पहिलो बैठक काेल्टीमा
राजनीति

नेकपा बुढीनन्दा नगर कमिटीकाे पहिलो बैठक काेल्टीमा

उपभाेक्ता समितिमा सदस्यलाइ बस्न नदिने निर्णय

  • नागरिक रैबार
नेकपा बुढीनन्दा नगर कमिटीकाे पहिलो बैठक काेल्टीमा

जीवन कुमार कैला/कोल्टी २३ कार्तिक। नेकपा बुढीनन्दा नगर संगठन कमिटिको प्रथम बैठक काेल्टीमा शनिवार सम्पन्न भएको छ । बैठकले पाँच सदस्यीय कार्यालय समेत गठन गरेको छ । जसमा अध्यक्ष जंगविर रोकाया, सचिव हिम्मत वड, र तुलाबहादुर मल्ल, शुकविर कडारा र सतविर बोहोरा सदश्य रहने गरी कार्यालय गठन गरेको बताईएको छ ।

जसमा पुर्व एमाले बाट तिन जना र पुर्व माओवादी बाट दुईजना सदश्य रहेका छन । शनिवार सम्पन्न बैठकले बुढीनन्दा नगर संगठन कमिटी नेकपाले कुनै पनि सदस्यले कुनै पनि उपभोक्ता समितिमा नबस्ने निणय गरेकाे छ भने योजनामा भष्टाचार नहुनका लागि सम्पुणा सदस्यलाइ अनुगमन गर्न समेत निर्देशन गरेको छ ।

बुढीनन्दा नगर संगठन कमिटी अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा बसेको बैठकले नेपालको भु भाग लिपुलेख, लिम्पीयाधुरा र कालापानि भारतले हस्तक्षेप गर्न खोजेको भन्दै घोर भत्सर्ना गरेको छ । साथै बैठकले भ्रस्टचार मुक्त बुढीनन्दा अभियान संचालन गर्नका लागि नेकपाले आगामि दिनमा अभियान चाल्ने निर्णय समेत गरेको हाे ।

विज्ञापन

नेकपा बुढीनन्दा नगर कमिटी सचिव हिक्मत वडले संञ्चालन गर्नुभएको बैठकमा नेकपाका जिल्ला कमिटी सदस्य जनक बोहोरा, पुरबहादुर रावत, पेम्वा गुरुङ भोटे, भरत विक लगायत अतिथिहरुले आफ्नो धाराण राख्नुभएको थियो ।

बुढीननदा नगरपालिकामा रहेकाको प्रगतिशिल महिला सहकारीको भवनमा संञ्चालन भएको बैठकमा एकसय बढी नेता तथा कार्यक्रताको उपस्थिती रहेको नेकपा बुढीनन्दा नगर संगठन कमिटी अध्यक्ष जंगविर रोकायाले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार